हङकङका बीएनओ भिसावाहकलाई बेलायतको १० वर्षे नियम लागु नहुने
Read the full story at Nepal Khabar

बेलायतले स्थायी बसोबासको अनुमति पाउनुपर्ने अवधि ५ वर्षबाट बढाएर १० वर्ष पुर्याउने प्रस्ताव गरे पनि हङकङका ब्रिटिस नेसनल (ओभरसिज) अर्थात् बीएन(ओ) भिसावाहकलाई भने यसबाट छुट दिने भएको छ। उनीहरूले बेलायतमा लगातार पाँच वर्ष बसेपछि स्थायी बसोबासका लागि आवेदन दिन पाउने पुरानै व्यवस्था कायम रहनेछ। तर, त्यसका लागि अंग्रेजी भाषाको उच्च स्तर र आपराधिक अभिलेख सफा हुनुपर्ने लगायतका नयाँ सर्त पूरा गर्नुपर्नेछ।
बेलायतकी गृहमन्त्री शबाना महमुदले सोमबार आप्रवासनसम्बन्धी नियममा व्यापक परिवर्तन गर्ने योजना सार्वजनिक गरेकी थिइन्। प्रस्तावित परिवर्तनअनुसार बेलायतमा बसोबास गर्ने सबै आप्रवासीले पाँच वर्षपछि स्वतः स्थायी बसोबासको अधिकार पाउने व्यवस्था अन्त्य गरिनेछ। नयाँ प्रस्तावअनुसार सामान्यतया स्थायी बसोबासको अनुमति पाउन बेलायतमा कम्तीमा १० वर्ष बसेको हुनुपर्नेछ।
तर, बेलायतको अर्थतन्त्र र समाजमा बढी योगदान पुर्याउने व्यक्तिका लागि यो अवधि छोटो हुनेछ। उदाहरणका लागि, उच्च आम्दानी गर्ने व्यक्तिले तीन वर्षमै स्थायी बसोबासको अनुमति पाउन सक्नेछन्। वार्षिक ५० हजार २७१ पाउन्ड (करिब ६७ हजार ३९८ अमेरिकी डलर) भन्दा बढी कमाउने व्यक्ति तथा चिकित्साकर्मीलगायत केही सार्वजनिक सेवा क्षेत्रमा कार्यरत व्यक्तिले पाँच वर्षपछि यस्तो अनुमति पाउन सक्नेछन्।
More society
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- Former police chief Karki moves Supreme Court against removalKathmandu Post
- अमेरिकामा नेपाली नर्स ममता बेपत्ता प्रकरण : पति नरेशले अदालतमा के दिए बयानNepal Khabar
- पहिलोपटक गाउँले भूमिकामा अनमोल, बुवाको धेरै फिल्म नखेलेकोमा मानिरहेका छन् पछुतोNepal Khabar
- आधारभूत तह शिक्षकको योग्यता स्नातक र माध्यमिकको स्नातकोत्तर कायम गर्न आयोगकाे सुझावThaha Khabar