Skip to main content
वातावरणNagarik News2 outlets covering

‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’

Read the full story at Nagarik News

‘जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छ’

यही नोभेम्बर ९ देखि २० सम्म जारी सम्मेलनमा पक्ष राष्ट्रका प्रतिनिधिसँगै नेपालले आफ्नो उपस्थिति सशक्त रुपमा जनाइरहेको छ। नेपालका तर्फबाट सम्मेलनको नेतृत्व परराष्ट्रमन्त्री शिशिर खनालले गरिहेका छन्। यसै सन्दर्भमा कोप–३१ मा नेपालको सहभागिता र उच्चस्तरीय कूटनीतिक सक्रियता, पर्वतीय एजेन्डालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको केन्द्रमा स्थापित गर्ने प्रयास, जलवायु वित्तमा नेपालको पहुँच, जलवायु न्याय तथा नेपालको अन्तरराष्ट्रिय सम्बन्धका प्राथमिकताबारे राससका समाचारदाता भीष्मराज ओझाले सम्मेलनस्थलमा उनीसँग कुराकानी गरेका छन्।

प्रश्नः कोप–३१ मा नेपालको उपस्थिति कस्तो छ ? सम्मेलनका विभिन्न छलफल, वार्ता तथा कार्यक्रममा नेपालको सहभागिता र अहिलेसम्मको प्रगतिप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? उत्तरः संयुक्त राष्ट्रसङ्घको प्रक्रिया सर्वसम्मतिमा आधारित हुन्छ ।

प्रत्येक राष्ट्रका आ–आफ्ना राष्ट्रिय हित तथा समूहगत स्वार्थका विषयमा छलफल हुन्छ । त्यसैले स्वाभाविक रूपमा लामो, जटिल र समय लाग्ने खालका हुन्छन् । वास्तविकतालाई स्वीकार गर्दै नेपालले पछिल्लो समय उठाएका मुद्दामा निकै सकारात्मक प्रतिक्रिया पाएका छौँ ।