शान्तिवार्ताको तयारीबीच किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, पाँच घाइते
Read the full story at Nagarik News

युक्रेनले अर्को साता रुस र अमेरिकासँग नयाँ चरणको शान्तिवार्ताको तयारी गरिरहेका बेला शनिबार बिहान राजधानी किएभमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा कम्तीमा पाँच जना घाइते भएका छन्। युद्ध अन्त्य गर्ने उद्देश्यले रुस, युक्रेन र अमेरिकाका वार्ताकारहरू आगामी मङ्गलबार संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा भेट्ने तयारीमा छन्। गत फेब्रुअरीमा जेनेभामा भएको पछिल्लो वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको मध्यस्थतामा हुन लागेको यो चौथो चरणको वार्ता हो।
शान्ति पहललाई समर्थन गरिरहेका पश्चिमी राष्ट्रहरूले क्षेत्रीय तथा सुरक्षा सम्बन्धी मुद्दाहरू अझै समाधान हुन नसकेको स्वीकार गर्दै वार्ताको गतिरोध अन्त्य गर्ने उपाय खोजिरहेका छन्। राष्ट्रिय तथा स्थानीय अधिकारीहरूका अनुसार, रातभरि किएभमा भएका रुसी क्षेप्यास्त्र आक्रमणबाट आवासीय तथा व्यावसायिक भवनहरूमा क्षति पुगेको छ। आक्रमणपछि निप्रो नदीमाथिको एउटा पुलमा यातायात बन्द गरिएको छ भने विद्युत् र खानेपानी आपूर्तिमा थप अवरोध सिर्जना भएको छ।
किएभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणबाट किएभ र झितोमिर क्षेत्रका ऊर्जा पूर्वाधारमा क्षति पुगेको बताए । उनले राजधानीको ऊर्जा आपूर्तिको अवस्था अत्यन्तै कठिन बनेको र त्यसबाट सहरको ताप तथा खानेपानी आपूर्ति प्रणाली प्रभावित भएको जानकारी दिए।
More world
- भोटेकोसीमा हराएका ३२ जिल्लाका २ हजार २९४ जनाको सूची सार्वजनिकNepal Khabar
- इरानको केसम टापुमा मिसाइल प्रहार, अमेरिकी ड्रोन खसालिएको इरानी सेनाको दाबीNepal Khabar
- Nikki Haley's analysis of GOP's midterm loss: 'You can't blame media, academia, Hollywood'; Son Nalin Haley agreesTimes of India
- Indiana man loses visitation bid after raising ex-partner's daughter for eight yearsTimes of India
- 100 days adrift in the Pacific Ocean: Nine leave Micronesia by boat; 5 survive, 4 die in KiribatiTimes of India
- How much does the British Royal Family cost taxpayers? King Charles' £137.9m grant, William's wealthTimes of India