Skip to main content
अर्थतन्त्रBizmandu

आइपीओ बेचेको २० वर्षसम्म छैन प्रतिफल, यी हुन् लाभांश नदिने ९७ कम्पनी

Read the full story at Bizmandu

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीमध्ये एक तिहाइले अहिलेसम्म सेयरधनीलाई प्रतिफल दिन नसकेको पाइएको छ। सेयर निष्कासन गरेको लामो अवधिसम्म सूचीकृत कम्पनीमध्ये ३१.८० प्रतिशतले लाभांश वितरण गर्न नसकेका हुन्। आर्थिक वर्ष २०८३/८४ को भदौसम्म ३०५ कम्पनी नेप्सेमा सूचीकृत रहेकामा ९७ कम्पनीले अहिलेसम्म सेयरधनीलाई प्रतिफल वितरण गरेका छैनन्। आइपीओ निष्कासन गरेदेखि अहिलेसम्म प्रतिफल दिन नसकेका कम्पनीमा अधिकांश हाइड्रोपावर छन्।

सूचीकृत भएको सबैभन्दा लामो अवधिसम्म लाभांश वितरण गर्न नसक्ने कम्पनीको सूचीमा नारायणी डेभलपमेन्ट बैंक छ। २०६३ पुसमा नेप्सेमा सूचीकृत भएको बैंकले सेयरधनीलाई अहिलेसम्म प्रतिफल दिएको छैन। बैंकको सेयर मूल्य भने उच्च छ। बैंकको सेयर कात्तिक २० गते प्रति कित्ता ६६३ रुपैयाँमा किनबेच भएको थियो। सेयरधनीलाई कुनै प्रतिफल नदिएको यो कम्पनीको सेयर भाउ पछिल्लो एक वर्षमा प्रति कित्ता १८३५ रुपैयाँसम्म पुगेको थियो।

सेयरधनीलाई मुनाफा वितरण गर्न नसक्ने कम्पनीको सूचीमा विकास बैंक, होटल तथा पर्यटन, इन्स्योरेन्स र उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी पनि छन्। कम्पनीले लगानीकर्तालाई प्रतिफल वितरण गर्नका लागि मुनाफा आर्जन गर्नुपर्ने हुन्छ। लामो समयसम्म आफ्नो आर्थिक स्थितिमा सुधार हुन नसक्नु, कर्पोरेट सुशासन कमजोर हुनु जस्ता कारणले कम्पनीहरुले सेयरधनीलाई प्रतिफल वितरण गर्न नसकेका हुन्।