कांग्रेस महामन्त्री भन्छन्- बिचौलियाको मोबाइल कुमार बेनले घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपे
Read the full story at Nagarik News

नेपाली कांग्रेसका महामन्त्री उदय शमशेर राणाले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले बिचौलियाको मोबाइल घरमा लगेर छेडखानी गरेको आरोप लगाएका छन्। बिचौलिया भनिएका इमान सापकोटाको मोबाइल बेनले आफ्नो घरमा लगेर ‘१८ करोड’ को म्यासेज थपेको महामन्त्री राणाले दाबी गरेका हुन्। बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फन्ट्रलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँग कुराकानी गर्दै राणाले यस्तो बताएका हुन्।
अनुसन्धानमा रहेको मोबाइल फोन प्रधानमन्त्रीका सल्लाहकारले दुई दिनसम्म कुपण्डोलस्थित आफ्नो घरमा राखेर प्रमाण नष्ट गरेको र नक्कली म्यासेज खडा गरेको उनको आरोप छ। ‘अनुसन्धानमा राखेको मोबाइल फोन प्रधानमन्त्रीको प्रमुख सल्लाहकारले दुई दिनसम्म उसको कुपण्डोलको घरमा गएर राख्न मिल्छ ?’ राणाले प्रश्न गर्दै भने, ‘दुई दिनसम्म त्यो फोन गायब छ, त्यहाँ जे म्यासेज हाले पनि हुन्न ? १८ करोड होइन सय करोड पनि हाल्दिन्छु नि त्यहाँ।
जुन कम्युनिकेसन प्रधानमन्त्री र कुमार बेनसँग भएको हो, त्यो सबै डिलिट भएको छ।’ महामन्त्री राणाले कांग्रेस सभापति गगन थापा र इमान सापकोटाबीच कहिल्यै भेट नभएको सुनाए। सापकोटा उल्टै प्रधानमन्त्री र उनको सचिवालयसँग अत्यन्तै निकट रहेको उनको दाबी छ।
More tech
- ‘Digital arrest’: 76-year-old man loses ₹70.90 lakh to Delhi youthThe Hindu
- HC hears plea against Google data centre, says project is subject to its decision on Writ PetitionThe Hindu
- Tesla Misled South Korean Buyers On Self-Driving Software: ReportNDTV
- एकीकृत ‘एन्टी साइबर स्क्याम सेन्टर’ ले शुक्रबारदेखि काम थाल्ने, उजुरी गर्न हटलाइनOnlinekhabar (Nepali)
- Google Offers Exit Packages To Staff In 5 More Countries As AI Costs ClimbNDTV
- How Democratic sweep could slow AI growth in US – and help China’s ambitionsSouth China Morning Post