इरानसँगको युद्ध लगभग सकियो : ट्रम्प
Read the full story at Nagarik News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध सैन्य दृष्टिले लगभग समाप्त भइसकेको दाबी गरेका छन् । उनले तत्कालका लागि अमेरिकाले अहिलेको अवस्था कायम राख्ने नीति लिएको बताउँदै परिस्थिति परिवर्तन भए अमेरिकी सेना पुनः कारबाहीका लागि तयार रहेको चेतावनीसमेत दिएका छन् । सोमबार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरानको सैन्य क्षमता र नेतृत्व लगभग समाप्त पारिएको दाबी गरे । यद्यपि, इरानको परमाणु कार्यक्रम लामो समयसम्म अघि बढ्न नसक्ने अवस्था सुनिश्चित गर्न अमेरिका अझै प्रयासरत रहेको उनले बताए ।
कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान बिन जासिम अल थानीसँगको भेटवार्तापछि ट्रम्पले यस्तो धारणा सार्वजनिक गरेका हुन् । भेटलगत्तै उनी अचानक ह्वाइट हाउसको ब्रिफिङ कक्षमा पुगेर पत्रकारहरूसँग कुराकानी गरेका थिए । ट्रम्पले इरानमाथि पुनः आक्रमण गर्ने धम्कीबाट पछि हट्न सक्ने सङ्केत पनि दिएका छन् । आइतबार सीएनएनसँगको टेलिफोन अन्तर्वार्तामा उनले इरानसँगको वार्तामा प्रगति भएमा र तेहरानले बलियो सम्झौतामा हस्ताक्षर गरेमा पुनः सैन्य आक्रमण गर्नुपर्ने सम्भावना निकै कम हुने बताएका थिए ।
यसैबीच, अमेरिकी सेनाले पछिल्लो एक सातामा इरानमाथि कम्तीमा दुईपटक सीमित सैन्य आक्रमण गरेको छ । ती आक्रमणमा इरानको हवाई प्रतिरक्षा प्रणालीलाई निसाना बनाइएको थियो ।
More world
- Trump says FBI is investigating Nvidia chief over alleged China spy linksKathmandu Post
- अमेरिकी र अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्रा महँगिएNepal Khabar
- Hyderabad gears up for Chhath Puja from November 13-16, 2026The Hindu
- Cyclone Murasu: Heavy rain and power cuts dampen spirit of DeepavaliThe Hindu
- What powers does Netanyahu have as Israel’s interim PM?Al Jazeera
- What is Megaspeed International, the firm under scanner over Nvidia CEO Jensen Huang affairThe Hindu