नेपाली संस्कृति र चाडपर्वमाथि हमला भइरहेको छ : केपी ओली
Read the full story at Nagarik News

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताए । उनले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक मूल्य, मान्यता र विश्वासको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गरे ।
‘समाज संविधानले भन्दा, कानुनले भन्दा, जेलनेलले भन्दा नैतिकताले चल्छ, इमानले चल्छ, समाजका प्रबन्ध र सामाजिक मूल्य–मान्यताले चल्छ,’ उनले भने । अध्यक्ष ओलीले नेपाली संस्कृति कमजोर हुँदै गएको भन्दै यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । साना देखिने सांस्कृतिक गतिविधिभित्र पनि समाज र सभ्यताका महत्त्वपूर्ण पक्ष लुकेको उनले बताए ।
मानिस सामाजिक प्राणी भएकाले समाज निर्माण र सञ्चालनका लागि विभिन्न नीति, नियम, परम्परा, चाडपर्व, बाजागाजा, नृत्य, संगीत र खानाका परिकारको विकास गरेको उनले बताए । उनले हरेक चाडपर्वका आफ्नै विशेषता, परिकार, गीत र नृत्य हुने उल्लेख गर्दै खेतीपाती सुरु गर्ने समयदेखि बाली भित्र्याउने समयसम्मका विभिन्न अवसरलाई नेपाली समाजले चाडपर्वका रूपमा मनाउँदै आएको बताए ।
More society
- गाई तिहार मनाइँदै (तस्बिरहरू)Nepal Khabar
- Kerala Film Chamber of Commerce opposes CBFC advisory allowing review, modification of film titlesThe Hindu
- Inside the French drug gangs recruiting children to killBBC
- RK Padmanabha to be honoured with Chowdiah Award 2026The Hindu
- Modernist artist Arpita Singh, aged 89, passes awayThe Hindu
- Kozhikode police arrest man in extortion, impersonation casesThe Hindu