Skip to main content
राजनीतिSetopati

अमेरिकी रक्षामन्त्री हेगसेथविरूद्ध महाभियोग प्रस्ताव पेस, पदमा कायम रहलान्?

Read the full story at Setopati

अमेरिकी रक्षामन्त्री हेगसेथविरूद्ध महाभियोग प्रस्ताव पेस, पदमा कायम रहलान्?

मासीले प्रतिनिधिसभामा विशेष प्रक्रियाअन्तर्गत प्रस्ताव पेस गरेकाले सभामुख माइक जोन्सनले अब दुई कार्यदिवसभित्र त्यसलाई मतदानमा लैजानुपर्ने हुन्छ। तर उनले प्रस्तावलाई समितिमा पठाउन वा मतदानबाटै रोक्न पनि सक्छन्। मतदान भए प्रतिनिधिसभामा साधारण बहुमतले प्रस्ताव पारित गर्न सक्छ। सिनेटले सुनुवाइअघि नै प्रस्ताव खारेज गर्ने वा समितिमा पठाउने विकल्प पनि राख्छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले भने हेगसेथको बचाउ गरेका छन्।

आफ्नै रिपब्लिकन पार्टीका नेताहरूले पनि उनको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्। त्यसकारण पनि उनको महाभियोग प्रक्रिया अघि बढ्न सक्ने सम्भावना पनि रहन्छ। गत साता भएको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोरेपछि इरान युद्धको निर्णय र त्यसको परिणामको जिम्मेवारी कसले लिने भन्ने बहस चर्किएको छ। इसराइलसँग मिलेर अमेरिकाले गत फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गर्दा ट्रम्पले युद्ध चारदेखि पाँच सातामै सकिने बताएका थिए। रक्षामन्त्री हेगसेथ पनि सैन्य अभियान छिट्टै र निर्णायक रूपमा सफल हुने पक्षमा थिए।

तर युद्ध लम्बियो। इरानले होर्मुज जलडमरूमध्यमा अवरोध सिर्जना गरेपछि विश्व ऊर्जा आपूर्तिमा असर पर्‍यो। अमेरिकाले पनि अपेक्षा गरेभन्दा बढी सैन्य तथा आर्थिक दबाब सामना गर्नुपर्‍यो। अन्ततः यही युद्धलाई मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय बेहोर्नुको प्रमुख कारणमध्ये एक मानिएको छ।