Skip to main content
विश्वOnlinekhabar (Nepali)

११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

Read the full story at Onlinekhabar (Nepali)

११ मंसिरदेखि काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय गणित सम्मेलन हुँदै

१८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय गणित शिक्षा सम्मेलनको तेस्रो संस्करण आउँदो मंसिरमा काठमाडौंमा आयोजना हुने भएको छ । गणित शिक्षा परिषद् नेपाल र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय गणित शिक्षा विभागको आयोजनामा मंसिर ११, १२ र १३ गते सम्मेलन हुन लागेको हो ।

गणित शिक्षा परिषद् नेपालका अध्यक्ष डा. रमेशप्रसाद अवस्थीका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, अमेरिका, जापान, अष्ट्रेलिया, क्यानडा, बेलायत, जर्मनी, सिंगापुर र मलेसियाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्राध्यापक, शिक्षक, विद्यार्थी, शिक्षक प्रशिक्षक, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धानकर्ता, पाठ्यक्रम विशेषज्ञ, शैक्षिक अभ्यासकर्ता तथा गणित क्षेत्रका विज्ञहरू सहभागी हुनेछन् । सम्मेलनमा मानव सिर्जनशीलता, डिजिटल नवप्रवर्तन र कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित रहेर गणित शिक्षाको वर्तमान अवस्था, चुनौती र भविष्यका सम्भावनाबारे छलफल हुने परिषद अध्यक्ष अवस्थीले बताए ।

‘भोलिको कक्षाकोठालाई आकार दिनु वा भविष्यको कक्षाकोठा निर्माण गर्नु’ भन्ने मूल शीर्षकमा आयोजना हुने सम्मेलनमा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुति, कार्यशाला, प्यानल छलफल तथा समानान्तर सत्रहरू सञ्चालन गरिनेछन् ।