Skip to main content
राजनीतिThaha Khabar

माईखोलाको बगरमा बदामखेती

Read the full story at Thaha Khabar

माईखोलाको बगरमा बदामखेती

झापाः सानो माईखोलामा गत वर्षको बाढीले झापा गाउँपालिका–१ का ६५ वर्षीय राजु अग्रवालको दुई बिगाहा उर्वर धानखेत बगायो। बगर बनेको खेत हेर्दै के गर्ने होला भन्ने चिन्तामा परेका अग्रवालले एउटा जुक्ति निकले– केही नयाँ खेती गर्ने। निराशालाई आशामा बदल्दै त्यही सुरु भयो बदामखेती। बगर खेतमा अहिले २० क्विन्टल बदाम फलेपछि अग्रवाल उत्साही भएका छन्। बजारमा उनले फलाएको बदाम प्रतिकेजी रु १०४ का दरले बिक्री भइरहेको छ।

‘धान फल्ने खेत बालुवाको बगर बनेपछि दुःख लाग्नु स्वाभाविकै थियो,’ उनले बदामखेतीको सङ्घर्षको कथा सुनाउँदै भने, ‘बाढीको कहरबाट म स्तब्ध भएँ, तर बिचलित भइनँ। कुन खेती गर्न सकिन्छ भनेर सोधीखोजी गर्न थाले। बदाम फल्छ भन्ने थाहा पाएपछि म उत्साहका साथ नयाँ खेतीमा जुटेँ। ’ उनले भारतीय बजारबाट १० केजी बदामको बीउ ल्याएर सुरुमा पाँच कट्ठा क्षेत्रफलमा बदामको परीक्षण खेती गरेका थिए। बाली सप्रिएपछि उत्साहित बनेका अग्रवालले हाल खेतीको क्षेत्रफल बढाएर दुई बिगाहा पु¥याएका छन्।

पहाडी क्षेत्रमा हुँदै आएको बदामखेती झापा जस्तो तराई क्षेत्रमा फस्टाउनु अनौठो भएको छ। तर, कृषि प्राविधिकहरुले तराई क्षेत्रमा बदाम फल्छ भनेर दिएको सल्लाहलाई उनले परीक्षणबाटै साबित गरे। धान वा अन्य परम्परागत बालीभन्दा बदामखेतीबाट राम्रो फाइदा लिन सकिने उनको अनुभव छ।