मैले नक्सा कोरेँ, बाटो त हिँड्नेहरूले बनाए
Read the full story at Onlinekhabar (Nepali)

पहिले मेरो ध्यान संस्थागत व्यवस्थापन, रणनीतिक योजना र नीतिगत निर्णयहरूमा केन्द्रित थियो। अब म फेरि अनुसन्धान, लेखन र अध्यापनतर्फ फर्किएको छु । यो फिर्ती मुक्तिको यात्रा हो। यो लेख लेख्न बस्दा मलाई एउटा कुराको स्पष्टता छ- मैले केही असाधारण काम गरेको दाबी गर्न लागेको छैन। न म कुनै विशेषज्ञ हुँ, न मसँग कुनै अन्तिम सत्य छ।
म त केवल एउटा यात्री हुँ, जसले पाँच वर्ष एउटा संस्थाको नेतृत्व गर्यो र अब त्यो भूमिकाबाट बाहिरिएर आफ्नै कर्मको समीक्षा गर्दै छ। यो समीक्षा पनि अपूर्ण छ। किनभने आफ्नै कामलाई निष्पक्ष रूपमा हेर्नु सजिलो छैन। तर, म यो पनि जान्दछु- अपूर्णताको स्वीकार भनेको आफ्ना उपलब्धिहरूलाई नजरअन्दाज गर्नु होइन। बरु, उपलब्धिहरूलाई तथ्याङ्कको ऐनामा राखेर हेर्नु र ती तथ्याङ्कभित्रका मानिसहरूको मेहनतलाई सम्मान गर्नु नै इमानदार समीक्षा हो।
काठमाडौं विश्वविद्यालय शिक्षा संकाय (कुसोड) को डिनको रूपमा मेरो पाँच वर्षे कार्यकाल सकिएको छ। कार्यकाल सुरु गर्दा मसँग एउटा दृष्टि थियो- कुसोडलाई शिक्षक शिक्षाको केन्द्र बनाउने। दृष्टि भनेको नक्सा हो; नक्सा बनाउनु र यात्रा गर्नु एउटै कुरा होइन। यात्रामा धेरै कुरा फेरिन्छन्- बाटो बिग्रन्छ, मौसम बदलिन्छ, साथीहरू थाक्छन्। तर, यात्राको सबैभन्दा रमाइलो कुरा भनेको गन्तव्यमा पुगेपछि फर्केर हेर्दा कति दूरी तय भयो भन्ने थाहा हुनु हो।
More politics
- Sugar supplies assured for Tihar, but LPG shortages persistKathmandu Post
- New Zealand preliminary vote leaves unclear who will governKathmandu Post
- Your guide to this week’s cultural events in Kathmandu ValleyKathmandu Post
- We’ve been best friends with dogs for thousands of years. Here’s how it beganKathmandu Post
- David Warner lifts TU as Kathmandu hand Lumbini their first defeat of the seasonKathmandu Post
- Rinku Thakur turned her fight against child marriage into a missionKathmandu Post