Skip to main content
विश्वNagarik News

ट्रम्पले इरानसँगको शान्ति वार्ताबाट जेडी भान्सलाई हटाए

Read the full story at Nagarik News

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सलाई इरानसँगको शान्ति वार्ताबाट हटाएका छन्। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमार्फत भान्सलाई अब अमेरिकाका डेमोक्रेटिक पार्टीको शासन रहेका राज्य र सहरमा भ्रष्टाचार तथा अपराधको अनुसन्धानमा ध्यान दिन निर्देशन दिएका छन्। ट्रम्पले अमेरिकालाई अब इरानसँग कुनै सम्झौता आवश्यक नरहेको पनि बताएका छन्। भान्सले गरेका थिए इरानसँग वार्ताको प्रयास ट्रम्पले यसै वर्षको सुरुवातमा इरानसँग वार्ता गर्ने जिम्मेवारी भान्सलाई दिएका थिए। भान्स इरानसँगको युद्धको पक्षमा थिएनन्।

अप्रिलमा उनी पाकिस्तान पुगेर इरानी नेताहरूसँग घण्टौँ वार्ता गरेका थिए। तर, त्यसबाट कुनै सहमति हुन सकेन। हालै भान्सले पुनः इरानसँग वार्ता सुरु गर्ने प्रयास गरेका थिए। उनले कतारमार्फत इरानका वरिष्ठ नेता मोहसिन रजाईलाई पत्र पठाएका थिए। पत्रमा दुवै देशका अधिकारीबीच छिट्टै बैठक आयोजना गर्ने प्रस्ताव गरिएको थियो।

भान्सले अमेरिकी वार्ता टोलीको नेतृत्व आफूले गर्ने पनि बताएका थिए। तर, ट्रम्पले अहिले उक्त प्रयास रोकिदिएका छन्। भान्सले इरान युद्धलाई चुनावी हारको कारण बताएका थिए अमेरिकाको मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले ठूलो क्षति बेहोरेको छ। निर्वाचनपछि भान्सले पार्टीको हारको कारण इरान युद्ध भएको बताएका थिए।