नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आइजेनकोटको योजना, संसद्मा विधेयक पेस
Read the full story at Onlinekhabar (Nepali)

इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्मा ८ वटा विधेयक पेस गरेका छन्। २६ कात्तिक, काठमाडौं । इजरायलमा बेन्जामिन नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्न गादी आइजेनकोटले ठूलो कदम चालेका छन्। आइजेनकोटले आफ्ना सहकर्मीहरूसँग मिलेर संसद्मा ८ वटा विधेयक पेस गरेका छन्।
यसमध्ये एउटा विधेयक पारित भएमा भ्रष्टाचारका मामिलामा मुद्दा खेपिरहेका नेता वा सांसद प्रधानमन्त्री बन्न पाउने छैनन्। नेतान्याहुमाथि भ्रष्टाचारका ३ वटा मुद्दा चलिरहेका छन्। यदि यो विधेयक पास भयो भने उनी पुनः प्रधानमन्त्री बन्न पाउने छैनन्। यसबाहेक प्रधानमन्त्रीको पदमा रहने समयसीमा तय गर्ने र नेतान्याहु सरकारका केही पुराना निर्णयहरू खारेज गर्ने तयारी पनि भइरहेको छ। प्रधानमन्त्री कति वर्षसम्म रहन पाउने भन्ने तय हुने : आइजेनकोटको कुनै पनि व्यक्ति निर्धारित समयभन्दा बढी प्रधानमन्त्रीको पदमा रहन नपाओस् भन्ने प्रस्ताव छ ।
यसका लागि प्रधानमन्त्रीको कार्यकालको अधिकतम अवधि तय गरिनेछ। यसबाट नेतान्याहु जस्ता नेता लामो समयसम्म लगातार सत्तामा रहन पाउने छैनन्। नेतान्याहु इजरायलको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्री रहेका नेता हुन्। हमासको आक्रमणको छानबिन हुने : ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि आक्रमण गरेको थियो।
More politics
- A journey home for Chhath turns deadlyKathmandu Post
- 10 killed, five injured as electric microbus plunges off road in MakawanpurKathmandu Post
- Former deputy prime minister Top Bahadur Rayamajhi released after sentence cutKathmandu Post
- Nvidia board meets to decide CEO Huang’s future, source saysKathmandu Post
- संखुवासभामा चट्याङ लागेर दुई जना घाइतेNepal Khabar
- अमेरिकाका रक्षामन्त्री पिट हेग्सेथ हटाउन सदनमा पेस महाभियोग प्रस्ताव रोकियोNepal Khabar