Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

सोनमाका ७७ कर्मचारीलाई साइकल

Read the full story at Onlinekhabar (Nepali)

सोनमाका ७७ कर्मचारीलाई साइकल

२६ कात्तिक, महोत्तरी । महोत्तरीको सोनमा गाउँपालिकाले पालिकामा कार्यरत ७७ जना कर्मचारीलाई साइकल वितरण गरेको छ । पालिकाले कार्यालय सहायक, नगर प्रहरी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई जनही एक/एक थान साइकल प्रदान गरेको हो।

साइकल वितरण गर्दै गाउँपालिका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले पालिकामा कार्यरत कर्मचारीलाई नियमित रूपमा समयमै कार्यालय पुग्न विभिन्न कठिनाइ हुँदै आएको अवस्थामा साइकल वितरणले सहजता ल्याउने विश्वास व्यक्त गरे। साइकलको प्रयोगले कर्मचारीलाई समयमै कार्यालय पुग्न र जिम्मेवारीअनुसारको काम प्रभावकारी रूपमा सम्पादन गर्न सहयोग पुग्ने उनको भनाइ छ। अध्यक्ष यादवका अनुसार साइकल खरिदका लागि गाउँपालिकाको वार्षिक बजेटबाट १० लाख रुपैयाँ विनियोजन गरिएको थियो ।

सोही बजेटबाट खरिद गरिएका साइकल कर्मचारीलाई वितरण गरिएको हो।