Skip to main content
वातावरणRatopati

के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?

Read the full story at Ratopati

के दीपावलीका बेला दिल्लीको वायु प्रदूषणसम्बन्धी तथ्यांक भ्रामक थियो ?

नयाँ दिल्ली । भारतको राजधानी नयाँदिल्लीमा दीपावलीका बेला वायु प्रदूषणको वास्तविक अवस्था सरकारी तथ्यांकमा देखाइएको भन्दा निकै खराब रहेको पाइएको छ । बीबीसी भेरिफाइले गरेको अनुसन्धानले भारत सरकारका दुईवटा तथ्यांक प्रणालीबिच ठुलो अन्तर देखाएको छ, यसले सरकारी तथ्यांकले प्रदूषणको वास्तविक गम्भीरता पूर्ण रूपमा समेट्न नसकेको संकेत गरेको छ । भारतका प्रमुख चाडमध्ये एक दीपावली मनाउन नोभेम्बर ८ मा दिल्लीको आकाश आतसबाजी र पटाकाले उज्यालो बनाइएको थियो ।

त्यस क्रममा केही वायु गुणस्तर मापन केन्द्रले पीएम २.५ (एः२.५) को मात्रा निकै उच्च रहेको रेकर्ड गरेका थिए । पीएम २.५ हावामा रहेका अत्यन्त सूक्ष्म कण हुन्, जसले मानिसको फोक्सोमा क्षति पुर्‍याउनुका साथै गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्छन् । तर केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) ले सार्वजनिक गरेको वायु गुणस्तर सूचकांक (एक्यूआई) मा प्रतिघनमिटर हावामा एक हजार माइक्रोग्रामभन्दा बढी पीएम २.५ देखिएका प्रतिघण्टाका सबै मापन समावेश गरिएको थिएन । जबकि दिल्ली प्रदूषण नियन्त्रण समिति (डीपीसीसी) को तथ्यांकमा भने ती उच्च मापनहरू समावेश थिए ।

दिल्ली विश्वकै सबैभन्दा प्रदूषित सहरमध्ये एक हो । यहाँ प्रायः वायुको गुणस्तर खतरनाक स्तरमा पुग्ने गरेको छ । त्यसैले राजधानीमा बसोबास गर्ने मानिसले सरकारी तथ्यांकमाथि विश्वास भर पर्नु महत्त्वपूर्ण विषय हो ।