Skip to main content
समाजNepal Khabar

बसको सीसीटीभीमा कैद भयो दृश्य, युवतीलाई दुर्व्यवहार गरेको आरोपमा ३ युवक पक्राउ

Read the full story at Nepal Khabar

बसको सीसीटीभीमा कैद भयो दृश्य, युवतीलाई दुर्व्यवहार गरेको आरोपमा ३ युवक पक्राउ

यही कात्तिक १७ गते काठमाडौँबाट महेन्द्रनगर जाँदै गरेको महाकाली यातायातको सुपप्र ०२-००१ ख १५६५ नम्बरको बसमा सवार एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ मटैना निवासी २१ वर्षका समीर बिष्ट र २४ वर्षीय अनिल नाथ योगी तथा भीमदत्त नगरपालिका-३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार कात्तिक १७ गते राति काठमाडौँबाट महेन्द्रनगर जाने क्रममा उनीहरुले युवतीलाई बसभित्रै दुर्व्यवहार गरेका थिए। रक्सी खाएका उनीहरुको हर्कतविरुद्ध युवतीले प्रतिवाद गरेको सार्वजनिक भिडियोमा देख्न सकिन्छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडिओमा उनीहरुलाई बसका अन्य यात्रुले सम्झाउने प्रयास गर्दा पनि उनीहरुले अपशब्द बोल्दै आफ्नो हर्कत जारी राखेको देखिन्छ।