खप्तड क्षेत्रमा पर्यटन प्रवर्धनका लागि एकीकृत इको टुरिजम परियोजना, लागत २७ अर्ब रुपैयाँ
Read the full story at Bizmandu

काठमाडौं। सरकारले निजी क्षेत्रसँग मिलेर २७ अर्ब रुपैयाँ लागत अनुमानको खप्तड एकीकृत इको-टुरिजम परियोजना अगाडि सारेको छ। खप्तडमा पर्यटकको संख्या बढाउने उद्देश्यसहित सरकारले परियोजना अगाडि सारेको हो।
यो परियोजना मंसिर २३ र २४ गते काठमाडौंमा हुने नेपाल पूर्वाधार सम्मेलनमा शोकेस गरिंदैछ। यो परियोजनाअन्तर्गत डोटीको झिग्रानाबाट ७ किलोमिटर लामो केबलकार र १८ किलोमिटर सडक निर्माण तथा करिब ४२ किलोमिटर पदमार्ग स्तरोन्नति गर्ने योजना छ। यसका अतिरिक्त पर्यटकको सहजताका लागि इको-रिसोर्ट, लज, होमस्टे र वेलनेस सुविधा समेत विस्तार गर्ने र यसका लागि २७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।
कुल लागतमध्ये १०.८ देखि १३.५ अर्ब रुपैयाँ बाह्य वित्तपोषणबाट जुटाइने छ। परियोजनामा अन्तर्गत पर्यटन सूचना प्रणाली विकास, ४ किलोमिटर साइक्लिङ पाथ, भ्यु टावर, हाइ-इन्ड र मिड-रेन्ज रिसोर्ट, रिफ्रेसमेन्ट पसल, इको-लज, होम स्टे र स्प्रिच्युअल सेन्टर हुने्छन्। बझाङ, बाजुरा, अछाम र डोटीमा २२५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड पुग्न अहिले धेरै दिन पदयात्रा गर्नुपर्ने बाध्यता छ, जहाँ बसाइका लागि क्याम्पिङ नै मुख्य विकल्प हो।
More business
- प्रोटोन ईमास५ प्रति विश्व बजारमा आकर्षण बढ्दो, गाडीले मलेसियामा पायो दुई अवार्डBizmandu
- In major breakthrough, U.S. assures India of comparative tariff advantage over its competitorsThe Hindu
- घाँसका बुट्यान र रूखका हाँगा समातेर भिर चढ्दै सुरक्षाकर्मीले गरे उद्धारDC Nepal
- Markets snap 3-day rally; Sensex drops 318 points, Nifty slips below 25,150The Hindu
- India’s housing market stays resilient as festive demand varies across citiesThe Hindu
- Rupee falls 8 paise to close at 94.20 against U.S. dollarThe Hindu