Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने

Read the full story at Onlinekhabar (Nepali)

जिल्ला अस्पताल संखुवासभालाइ १०० शय्यामा स्तरोन्नति गरिने

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताएका छन् । २० कात्तिक, संखुवासभा । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जिल्ला अस्पताल सङ्खुवासभालाई एक सय शय्यामा स्तरोन्नति गर्ने बताएका छन् ।

शुक्रबार जिल्ला अस्पताल सङ्खुवासभाको नवनिर्मित भवन उद्घाटन गर्दै उनले ५० बाट १०० शय्यामा अस्पताललाई स्तरोन्नति गर्न प्रदेश सरकार तयारी रहेको बताएका हुन् । उनले आगामी आर्थिक वर्षमा प्रदेश सरकारले जिल्ला अस्पताल संखुवासभासहित प्रदेशका अन्य चार अस्पताललाई ५० बाट स्तरोन्नति गरी १०० शय्याको बताउने प्रतिबद्धता व्यक्त गरे । अस्पतालको भौतिक संरचनासँगै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न आवश्यक जनशक्ति र कर्मचारी दरबन्दीसमेत थप गरिने मुख्यमन्त्री कार्कीले बताए ।

अस्पतालको क्षमता विस्तारसँगै विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रदेश सरकारको योजना रहेको उल्लेख गर्दै उनले जिल्लावासीले सामान्य उपचारका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य गर्न अस्पताललाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाइने बताए ।