Skip to main content
प्रविधिOnlinekhabar (Nepali)

फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

Read the full story at Onlinekhabar (Nepali)

फ्रान्सका ग्रोसरी स्टोरहरूमा शृङ्खलाबद्ध साइबर हमला कसले गरायो ?

फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयले सोमबार एक वक्तव्य जारी गर्दै यस हमलालाई फ्रान्सेली भूभागमा तोडफोड (स्याबोटाज) को उद्देश्यले इरानद्वारा सञ्चालित पहिलो प्रत्यक्ष साइबर आक्रमण अभियानका रूपमा वर्गीकरण गरेको छ। फ्रान्स सरकारले गत अक्टोबर ११ र १२ मा देशभरका करिब ७ सय ग्रोसरी स्टोर तथा खुद्रा बिक्री केन्द्रहरूका रेफ्रिजरेसन प्रणालीमा भएको ठूलो साइबर हमलामा इरानी सैन्य ह्याकिङ टोली जिम्मेवार रहेको निष्कर्ष निकालेको छ।

फ्रान्सको युरोप तथा विदेश मामिला मन्त्रालयले सोमबार एक वक्तव्य जारी गर्दै यस हमलालाई फ्रान्सेली भूभागमा तोडफोड (स्याबोटाज) को उद्देश्यले इरानद्वारा सञ्चालित पहिलो प्रत्यक्ष साइबर आक्रमण अभियानका रूपमा वर्गीकरण गरेको छ। इरानी ह्याकरहरू केवल डाटा चोरी वा वेबसाइट बन्द गराउने परम्परागत साइबर अपराधमा मात्र सीमित नरही सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका भौतिक उपकरणहरूलाई नियन्त्रणमा लिएर क्षति पुर्‍याउनेतर्फ अगाडि बढेको फ्रान्सेली गुप्तचर निकायले जनाएको छ।

फ्रान्सको साइबर सङ्कट समन्वय केन्द्र (साइबर क्राइसिस कोअर्डिनेसन सेन्टर) का अनुसार ह्याकरहरूले रेफ्रिजरेसन प्रणालीको तापमान अप्रत्याशित रूपमा बढाएर करोडौँ युरो मूल्य बराबरको खाद्य सामग्री नष्ट गराएका छन्। उपकरणहरूमा गराइएको ओभरहिटिङका कारण कम्तीमा १५ ठाउँमा आगलागी समेत भएको थियो।