Skip to main content
अर्थतन्त्रOnlinekhabar (Nepali)

राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने

Read the full story at Onlinekhabar (Nepali)

राष्ट्र बैंकले आजदेखि बेच्दैछ सुन-चाँदीका सिक्का, खरिदकर्ताको परिचयपत्र चाहिने

सिक्का खरिद गर्न चाहनेहरुलाई नेपाली नागरिकता, राष्ट्रिय परिचयपत्र वा नम्बर खुलेको अन्य प्रमाणपत्रको प्रतिलिपिसहित बबरमहलस्थित टक्सार महाशाखामा उपस्थित हुन राष्ट्र बैंकले भनेको छ । १९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गरी आजदेखि सुन र चाँदीका सिक्का (मेडालियन) बिक्री सुरु गर्दैछ ।

तिहारमा सुन-चाँदीका सिक्का वा धातु खरिद गर्दा शुभ हुने धार्मिक विश्वासका साथ मानिसहरुले यस्ता सिक्का खरिद गरी लक्ष्मीको रुपमा पूजा गर्ने भएकाले राष्ट्र बैंकले विशेष रुपमा बिक्री खुला गर्दछ । गत वर्ष राष्ट्र बैंकले सुन अभाव भएको भन्दै चाँदीका सिक्का मात्रै बिक्री गरेको थियो । यस वर्ष भने वाणिज्य बैंकबाट सुन खरिद गरी असर्फी पनि बिक्री गर्न लागेको हो ।

‘चाँदीको लक्ष्मी, गजलक्ष्मी र गणेशको छाप भएको सिक्का बिक्री गरिने छ,’ राष्ट्र बैंकका कार्यकारी निर्देशक दाहालले भने, ‘यसपालि वाणिज्य बैंकहरूबाट ३५ किलो सुन खरिद गरेर त्यसैको असफर्फी बनाई सर्बसाधारणलाई बिक्री गर्न लागिएको हो । ’ एक व्यत्तिले २.५ ग्राम तौलको एउटा सुनको असर्फी र १० ग्राम तौलका ३ वटासम्म चाँदीका सिक्का खरिद गर्न सक्ने उनले जानकारी दिए । असर्फी र मेडालियनको मूल्य सुन-चाँदीको सोही दिनको मूल्यका आधारमा तय हुनेछ ।