राजनीतिलाई अदालतबाहिरै छाडेको छु : प्रस्तावित न्यायाशीश पाण्डे
Read the full story at Thaha Khabar

काठमाडाैँ : सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डेले न्यायाधीशको जिम्मेवारी सम्हालेपछि राजनीतिक विचार र आस्थालाई अदालतबाहिरै छाडेको प्रष्टिकरण दिएका छन्। शनिवार संसदीय सुनुवाई समितिमा सुनुवाईका क्रममा आफ्नो न्यायिक निष्पक्षताबारे उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। पाण्डेले न्यायाधीशका रूपमा इजलासमा बसेपछि राजनीतिक विषय गौण हुने र प्रमाण तथा मिसिलका आधारमा मात्रै निर्णय गर्ने गरेको बताए। उनले भूटानी शरनार्थी प्रकरणमा बालकृष्ण खाँणसम्बन्धी मुद्दामा दिएको राय पनि तत्काल प्राप्त प्रमाणका आधारमा भएको स्पष्ट पारे।
उक्त मुद्दामा आफूले खाँणलाई छाड्नुपर्ने राय दिएको भएपनि फैसला आफूले नगरेको बताए। राजनीतिक प्रकृतिका मुद्दाहरू अदालतमा प्रशस्त आउने भएपनि न्यायाधीशले राजनीतिक आग्रहबाट मुक्त भएर प्रमाण र मिसिलका आधारमा निर्णय गर्नुपर्नेमा जोड दिए। हरेक प्राणी एउटा राजनीतिक आइडियोलोजी बोकेर हिँडेको हुन्छ, तर म यता अदालतमा आइसकेपछि मैले त्यो राजनीतिको चप्पल बाहिरै खोलेको छु। बालकृष्ण खाँडको मात्रै मुद्दा होइन।
अरु मुद्दा पनि छ। म अहिले जानकारी म हेटौंडामा बसेर वागमती प्रदेशको मुख्यमन्त्रीको मुद्दामा चाहीँ अन्तरिम आदेश जारी गरी पाउँ भनेर जानुभएको थियो। मैले यसो हेरे उहाँ शपथ लिसक्नुभएको छ। उहाँले चाहिँ विश्वासको मत चाहिँ लिईसक्नुभएको हुनाले यो हुँदैन भनेँ ।
More politics
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post