प्रविधि विज्ञको सरकारलाई सुझाव: एआईको प्रयोग बढाएर रोजगारी सिर्जना गर्नुपर्छ
Read the full story at Nagarik News

विश्वव्यापी रूपमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा उच्च प्रविधिको तीव्र विकास भइरहँदा नेपाललाई प्रविधिको उपभोगकर्ताबाट नवप्रवर्तन र डिजिटल सेवा निर्यातकर्ता मुलुकका रूपमा रूपान्तरण गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । ‘अध्यापन सफ्टवेयर’ एकेडेमिक ईआरपी साझेदार रहेको उक्त कार्यक्रममा प्रविधिले श्रम बजारमा ल्याएको परिवर्तन र नेपालको सम्भावनाबारे छलफल गरिएको थियो ।
कार्यक्रममा सीएसआरआई नेपालका अध्यक्ष तथा वल्र्ड एआई एलायन्सका सल्लाहकार डा. शालिग्राम पराजुलीले नेपालले शारीरिक श्रम निर्यात गर्ने परम्परागत परिपाटीलाई बदलेर मानव बौद्धिकता, प्रविधि र डिजिटल सेवा निर्यात गर्ने विकास मोडल अवलम्बन गर्नुपर्ने बताए ।
नेपाललाई एआई नवप्रवर्तन, साइबर सुरक्षा, बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) तथा प्रविधि निर्यातको गन्तव्य बनाउनुपर्ने उल्लेख गर्दै उहाँले युवाहरूलाई रोजगारी खोज्नमा मात्रै सीमित नराखी प्रविधि उद्यमी बनाउनुपर्ने धारणा राखे । दिगो स्टार्टअप प्रणालीका लागि अनुसन्धान कोष, इन्क्युबेसन), मेन्टरशिप र अन्तर्राष्ट्रिय बजार पहुँच विस्तार गर्न सरकार, निजी क्षेत्र, विश्वविद्यालय र लगानीकर्ताबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
More tech
- Protesters Climb Crane, Set Off Flares At Microsoft Data Centre SiteNDTV
- Top China university stops using AI to spot absent-minded students after backlashSouth China Morning Post
- AI Data centres face growing backlashFrance 24
- एआई र उच्च प्रविधिको विकाससँगै नेपालमा रोजगारीका नयाँ अवसर सिर्जना गर्नुपर्नेमा विज्ञहरूको जोडDC Nepal
- US and China must join hands to measure rising AI tideSouth China Morning Post
- उत्पादन थालेको सात वर्षमै बन्द हुँदै टेस्ला साइबरट्रक, बिक्री घटेपछि मस्कको ध्यान रोबोट्याक्सीतर्फBizmandu