अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए
Read the full story at Nagarik News
अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शुक्रबार (नेपाली समयअनुसार शनिबार) देशभरका उडान रोक्ने आदेश दिएको छ। सुरक्षालाई ध्यानमा राख्दै देशभरका विमानस्थलबाट हुने उडान रोकिएको हो। यसका कारण हजारौं उडान प्रभावित भएका छन् भने लाखौं यात्रुको यात्रा अनिश्चित बनेको छ। सन् २०२३ पछि पहिलो पटक र सेप्टेम्बर ११, २००१ को आक्रमणपछि दोस्रो पटक अमेरिकाभरका उडान यसरी रोकिएका हुन्।
सन् २०२३ मा एफएएको एउटा प्रमुख कम्प्युटर प्रणालीमा समस्या आएपछि देशभर उडान रोक्नुपरेको थियो। यातायात सचिव शन डफीले देशभर विमानलाई एक विमानस्थलबाट अर्को विमानस्थलसम्म पुग्न मार्गनिर्देशन गर्ने २२ वटा क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रमा सञ्चार समस्या देखिएको बताएका छन्। उनले एफएका प्राविधिकले समस्या पत्ता लगाउन अनुसन्धान गरिरहेको जानकारी दिएका छन्। एफएएले असामान्य परिस्थिति र सुरक्षाको कारण देखाउँदै उडान रोक्ने निर्णय गरेको हो।
आकाशमा उडिरहेका विमानलाई भने सुरक्षित रूपमा अवतरण गर्न दिइएको थियो। अन्तर्राष्ट्रिय उडानलाई पनि अवस्थाअनुसार सञ्चालन गर्न अनुमति दिइएको थियो। अमेरिकी गृह सुरक्षा सचिव मार्कवेन मुलिनले अहिलेसम्म यो कुनै दुर्भावनापूर्ण आक्रमण भएको संकेत नदेखिएको बताए। उनले ‘यो हामीमाथिको दुर्भावनापूर्ण आक्रमण भएको कुनै संकेत अहिलेसम्म देखिएको छैन।
More politics
- PM asks lawmakers to advance Nepal’s interest in China tiesKathmandu Post
- More than 21,000 killed in road accidents in nine years, the state is least botheredKathmandu Post
- Why the first six overs have become a survival test in NPL Season 3Kathmandu Post
- Nepal’s high-value exports rise 23.85 percent in first quarterKathmandu Post
- For Mamta Kafle’s family, a guilty verdict is not enoughKathmandu Post
- A photographer's personal journey through BanarasKathmandu Post