अमेरिकामा भ्यान होलेनले दिए शुमरलाई चुनौती
Read the full story at Ratopati

वासिङ्टन डीसी । अमेरिकी सिनेटमा डेमोक्रेटिक दलको नेतृत्व परिवर्तनको माग चर्किरहेका बेला सिनेटर क्रिस भ्यान होलेनले बहुमत नेताको पदका लागि वर्तमान नेता चक शुमरलाई चुनौती दिने घोषणा गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीलाई पराजित गर्दै डेमोक्रेटहरूले कङ्ग्रेसका दुवै सदनको नियन्त्रण पुनः प्राप्त गरेको केही दिनमै भ्यान होलेनको घोषणाले पार्टीभित्र नेतृत्वको प्रतिस्पर्धा थप चर्काएको छ ।
६७ वर्षीय भ्यान होलेनले बिहीबार सामाजिक सञ्जाल एक्समा श्रमिकविरुद्ध धाँधली गरिएको र राजनीतिक भ्रष्टाचारले अर्थतन्त्र प्रभावित भएको भन्दै अमेरिकी जनताले त्यसमा हस्तक्षेप गर्न आफूहरूलाई जनादेश दिएको उल्लेख गरेका छन् । त्यसका लागि नयाँ नेतृत्व आवश्यक रहेको भन्दै उनले सिनेट बहुमत नेताको पदमा उम्मेदवारी दिने बताएका हुन् । ७५ वर्षीय शुमरले नोभेम्बर ३ को निर्वाचनपछि सिनेटमा आफ्नो दलको नियन्त्रण पुनः स्थापित भए पनि नेतृत्वबाट हट्नुपर्ने दबाब सामना गर्दै आएका छन् ।
तर, उनलाई औपचारिक रूपमा चुनौती दिने भ्यान होलेन पहिलो सिनेटर रहेका छन् । भ्यान होलेनलाई डेमोक्रेटिक दलका केही प्रगतिशील नेताहरूको समर्थन छ । डेमोक्रेटसँग सहकार्य गर्ने वामपन्थी स्वतन्त्र सिनेटर बर्नी स्यान्डर्सले यसै साता शुमरलाई नेतृत्वमा निरन्तरता दिन आफूले समर्थन नगर्ने बताएका थिए ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post