Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

‘रामलीला’ को गीत ओस्कारको पेजमा, दीपिका–रणवीर केमेस्ट्रीको चर्चा

Read the full story at Onlinekhabar (Nepali)

‘रामलीला’ को गीत ओस्कारको पेजमा, दीपिका–रणवीर केमेस्ट्रीको चर्चा

बलिउडका कलाकार, फिल्म र गीतको लोकप्रियता भारतमा मात्रै सीमित छैन। विश्वभर हिन्दी फिल्मका प्रशंसक छन् । भारतीय फिल्मका धेरै गीत आज पनि अन्तर्राष्ट्रिय स्तरमा रुचाइन्छन् । सामाजिक सञ्जालका कारण अहिले यी गीतले अन्तर्राष्ट्रिय मञ्चमा समेत चर्चा पाउन थालेका छन् । यही क्रममा ओस्कारको आधिकारिक सामाजिक सञ्जाल पेज ‘द एकेडेमी’ ले बलिउडको एउटा चर्चित गीत सेयर गरेको छ ।

उक्त गीत अभिनेत्री दीपिका पादुकोण र अभिनेता रणवीर सिंह अभिनीत फिल्मसँग सम्बन्धित छ। पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिएका छन् । यसअघि पनि द एकेडेमीले दीपिका पादुकोणका फिल्मसँग सम्बन्धित दृश्य साझा गरिसकेको थियो । द एकेडेमीले आफ्नो आधिकारिक सामाजिक सञ्जाल खातामा सञ्जय लीला भन्साली निर्देशित फिल्म ‘गोलियों की रासलीला राम–लीला’ को लोकप्रिय गीत ‘नगाडा संग ढोल’ सेयर गरेको हो। गीतमा दीपिकाको गरबा नृत्य र परम्परागत पहिरनलाई दर्शकले निकै रुचाएका थिए ।

श्रेया घोषाल र उस्मान मीरले यस गीतमा स्वर दिएका छन्। द एकेडेमीको पोस्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया दिएका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘एकेडेमी, दीपिका तपाईंको सबैभन्दा मनपर्ने बलिउड अभिनेत्री हुन्, होइन ?’ एक प्रयोगकर्ताले दीपिकाप्रतिको एकेडेमीको रुचिलाई लिएर लेखेका छन्, ‘एकेडेमी दीपिका पादुकोणको फ्यान बनेको छ । आखिर को नबनोस् त ?’