Skip to main content
प्रविधिOnlinekhabar (Nepali)

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

Read the full story at Onlinekhabar (Nepali)

अघि बढ्यो विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा

नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान (नास्ट) लगायतका निकायहरूको सञ्चालन र नियमनका साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको निर्माण तथा सञ्चालन गर्ने विषय पनि समेटिएको छ । २६ कात्तिक, काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐनको मस्यौदा अघि बढेको छ । वर्तमान सरकारले विज्ञान, प्रविधि र आविष्कारको क्षेत्रलाई संस्थागत र प्रभावकारी बनाउन भनेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना गरेको हो ।

तर यसका लागि छुट्टै ऐन छैन । ३० वैशाख २०८३ मा स्थपना भएको यो मन्त्रालयको नेतृत्व २६ जेठ २०८३ देखि डा. महावीर पुनले गर्दै आएका छन् । तर यसका लागि छुट्टै ऐन नहुँदा समस्या भएको भनेर सरकारले यसअघि विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेश ३० असोज २०८३ मा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका थिए । अध्यादेशले साविकको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानलाई पुनर्संरचना गर्दै नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठानको रूपमा स्थापित गर्ने र अनुसन्धान तथा नवप्रवर्तनलाई संस्थागत गर्ने बाटो खोलेको छ । मुलुकको विज्ञान, प्रविधि र नवप्रवर्तन क्षेत्रको अध्ययन, अनुसन्धान तथा प्रवद्र्धन गर्न एक स्वायत्त र प्रभावकारी प्राज्ञिक संस्थाको रूपमा काम गर्ने उद्देश्य राखिएको छ ।