तेह्रथुममा अलपत्र मध्यपहाडी लोकमार्गको प्रगति नभए ठेक्का रद्द गरिने
Read the full story at Onlinekhabar (Nepali)

२७ कात्तिक, तेह्रथुम । सडक निर्माण सुरु भएको एक दशकभन्दा बढी समय बितिसक्यो । पटक-पटक म्याद थपियो, निर्माण कम्पनी फेरिए र काम सम्पन्न गर्ने प्रतिबद्धता पनि दोहोरिए । तर, तेह्रथुमको फेदाप गाउँपालिकास्थित खोरुङ्गा खोला–यावरा सडक खण्डको अवस्था भने अझै फेरिएको छैन ।
वर्षायाममा हिलाम्मे हुने सडक र ठाउँठाउँमा बनेका खाल्डाखुल्डीका कारण स्थानीयवासी तथा यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने यो सडक खण्डको निर्माणमा भइरहेको ढिलासुस्ती अन्त्य गर्न पछिल्लो पटक सम्बन्धित निकायले स्थलगत अनुगमन गरेको छ । लोकमार्ग आयोजना कार्यालयका कर्मचारी, जिल्ला प्रशासन, प्रहरी, स्थानीय सरकार र निर्माण कम्पनीका प्रतिनिधिसहितको टोलीले सडकको अवस्था र निर्माण प्रगति निरीक्षण गर्दै समयमै काम सम्पन्न नगरे ठेक्का रद्द गर्ने चेतावनी दिएको छ । २०७२ साल भदौ ३१ गते गौरी पार्वती कोशी एण्ड न्यौपाने जेभीसँग ठेक्का सम्झौता भएको उक्त सडक २०७४ सालभित्रै निर्माण सम्पन्न हुनुपर्ने थियो ।
तर, सम्झौता भएको ११ वर्ष बितिसक्दा पनि सडक कालोपत्रे हुन सकेको छैन । पटक-पटक म्याद थपिए पनि निर्माणले गति लिन नसक्दा स्थानीयले सहज यातायात सुविधाबाट वञ्चित हुनुपरेको छ । सडकको दयनीय अवस्थाले स्थानीयवासीसँगै यातायात व्यवसायीसमेत प्रभावित छन् ।
More politics
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post