Skip to main content
राजनीतिSetopati

भेडाबाख्राका रक्षक, गोठालाका सारथी

Read the full story at Setopati

भेडाबाख्राका रक्षक, गोठालाका सारथी

२० वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका छन्। म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन्। सहरबजारमा सोख र सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको रक्षाका लागि कुकुर पाल्नु किसानको बाध्यता र आवश्यकता दुवै भएको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक किसान आस्मान पुर्जाले बताए।

उनका अनुसार यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो शारीरिक बनावट भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन्। ‘देख्दै डरलाग्दा यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर पत्ता लगाउने र खतराको सङ्केत गर्ने क्षमता राख्छन्। यस्ता कुकुरका छाउरा प्रतिगोटा १० हजार रुपैयाँभन्दा बढी मूल्यमा बिक्री हुने गरेका छन्,’ उनले भने।

‘जंगली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएका छन्,’ उनले भने, ‘कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नुपर्छ। ’ जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन्।