प्रेस, प्रहरी र अदालत कमजोर बनाएर लोकतन्त्र बलियो हुँदैन- रवि लामिछाने
Read the full story at Setopati

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रेस, प्रहरी र अदालतलगायत राज्यका संस्थाहरूलाई कमजोर बनाएर लोकतन्त्र बलियो हुन नसक्ने बताएका छन्। शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै उनले अदालतका विषयमा हल्का टिप्पणी गर्दा न्यायालय कमजोर हुने र त्यसले समग्र राज्य व्यवस्थामै असर पार्ने बताए। सभापति लामिछानेले कमजोर लोकतन्त्रले ठूला कुरा गर्न सक्ने भए पनि काम गर्न नसक्ने बताए। लोकतन्त्रका आधारस्तम्भलाई कमजोर बनाउने गतिविधि र निर्णयप्रति सबै सचेत हुनुपर्ने उनको भनाइ थियो।
उनले राज्यका संस्थाहरूलाई स्वतन्त्र रूपमा काम गर्न दिनुपर्ने बताए। विशेषगरी प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बलियो बनाएर अनुसन्धानमा राजनीतिक वा अन्य कुनै हस्तक्षेप हुन नहुने उनले बताए। ‘थुन्ने र सुन्ने कुरा होइन, पहिला सुन्नुपर्छ र सुनिसकेपछि अनुसन्धान राम्रोसँग गरिसकेपछि कुनै भ्रष्टलाई पक्राउ गर्दा अनुसन्धान यति बलियो होस् कि त्यो अदालतबाट फर्केर घर होइन, जेल जाओस्,’ उनले भने। उनले चुनावका बेला रास्वपाले भ्रष्टाचारीलाई जेल हाल्ने प्रतिबद्धता गरेको तर विधिको शासन र कानुनी प्रक्रियामार्फत अनुसन्धान गर्ने भनिएको बताए।
‘हामीले चुनावमा भनेका छौँ, यी सबैलाई जेल कोचौँ भन्या हौँ हामीले। बिल्कुल भनेका हौँ।
More society
- पोखरा विमानस्थलको भुक्तानी र चिनियाँ ऋणको विवरण झिकाउन विशेष अदालतको आदेशNepal Khabar
- विद्यालयको जग्गा संरक्षण र स्वामित्व सुनिश्चित गर्न विवरण संकलन सुरु, इमिसमा अनिवार्य अद्यावधिक गर्न परिपत्रNepal Khabar
- तिहारमा परदेशीको पीडा र परिवारको सम्झना समेट्दै जितेन्द्रको देउसी भैलोNepal Khabar
- आज काग तिहार पर्व मनाइँदैNepal Khabar
- Delhi HC exempts lawyers, court staff from pre-BS-VI vehicle banThe Hindu
- Delhi Police issue cyber advisory ahead of Deepavali, warn against fake gift links and festive shopping scamsThe Hindu