महिलाको अस्तित्व भाँचिएको कुशको टुक्रा मात्रै हो ?
Read the full story at Onlinekhabar (Nepali)

कन्यादानका नाममा भाँचिएको कुशको टुक्रासँगै अर्काको गोत्रमा पठाइने र सम्बन्धविच्छेद भएको वर्षौँपछि पनि गोत्र कै नाममा अपमानित हुनुपर्ने धार्मिक–सामाजिक जकडबन्दी कहिलेसम्म ? गत कात्तिक ९ गते खेमलाल–हरिकला समाज कल्याण प्रतिष्ठानले काठमाडौँको धुम्बाराहीस्थित रमादा होटेलमा २०८२ सालको पद्मश्री गौरव पुरस्कार प्रा. डा.
जयराज आचार्यलाई, पद्मश्री साधना सम्मान कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार श्रवण मुकारुङलाई कृति ‘सलह’ का लागि अर्पण गरेको थियो। त्यस अवसरमा पद्मश्री साधना सम्मान प्राप्त गर्नुभएका कृष्ण धरावासी, जसले ‘शरणार्थी’, ‘राधा’ र ‘आधा बाटो’ लगायत ३२ कृतिको सिर्जना गर्नुभएको छ; उहाँले निकै मार्मिक मन्तव्य दिनुभयो। प्रतिष्ठानले बाँडेको पुस्तिकामा लेखिएको मन्तव्य नपढेर उहाँले आफ्नो व्यक्तिगत जीवनको अनुभव सुनाउँदै आफूले लेख्ने आख्यानहरूमा आफ्नै जीवनका कथाहरू समेटिएको बताउनुभयो।
धरावासीको मन्तव्यको सार थियो- मैले जीवनमा बाँच्न र खुट्टा टेक्न धेरै दुःख गरेँ; तर अहिलेसम्म पनि मेरो ‘घर छैन’, अर्थात् बास छैन। ‘मैले अहिले बसेको घर मञ्जुजी (कवि मञ्जु बिमली, जो धरावासीकी पत्नी हुनुहुन्छ) को नामको हो। मलाई उहाँले बस्न नदिएको दिन मेरो जाने ठाउँ छैन।
More society
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- आज धनतेरस पर्व मनाइँदैNepal Khabar
- Raptadu school attack leaves parents in state of panicThe Hindu
- Woman files habeas corpus in Bombay High Court seeking custody of her daughtersThe Hindu
- 'Putting his doubters in their place' - Rooney lands pundit of year awardBBC
- Key federal panel approves Trump’s arch while it is being challenged in courtThe Hindu