बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने सवारीलाई समयसीमा, बिहान ५ बजेदेखि मात्रै सञ्चालन गर्न पाइने
Read the full story at Ratopati

काठमाडौँ। काठमाडौँ जिल्ला प्रशासन कार्यालयले बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधन सञ्चालनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ। जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ।
त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइनेछ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलद्वारा जारी सूचनामा यात्रु, चालक र सवारीसाधनको सुरक्षालाई प्राथमिकतामा राख्दै निर्धारित समयतालिका तथा सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ। पछिल्लो समय काठमाडौं–बल्खु–दक्षिणकाली–हेटौँडा सडक खण्डमा सवारी दुर्घटना बढ्दै गएको र दुर्घटनाबाट मानवीय क्षति हुने क्रम चिन्ताजनक रहेको प्रशासनले जनाएको छ।
साँघुरा सडक, भिरालो तथा घुम्तीयुक्त मार्ग, सवारीसाधनको कमजोर यान्त्रिक अवस्था, चालकको लापरवाही, तीव्र गति, रातिको समयमा अँध्यारो सडकमा यात्रा तथा चालकको अत्यधिक कार्यबोझ र अनिद्रालाई दुर्घटनाका प्रमुख कारणका रूपमा औँल्याइएको छ। प्रशासनले उक्त रुटमा सञ्चालन हुने सबै यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ।
More world
- परराष्ट्र सचिवसँग भारतीय राजदूतको भेट, द्विदेशीय सहकार्य बढाउनेबारे छलफलNepal Khabar
- Non-residents in final electoral roll: Mangaluru AC directs Ullal Tahsildar to actThe Hindu
- At least 24 die in bus-truck collision in Assam’s Kaziranga; 20 others injuredThe Hindu
- SMAT: A scouting ground and a life-changing opportunityThe Hindu
- Milma’s Thiruvananthapuram regional union seeks milk price hikeThe Hindu
- ‘Jeeva-Suyathra’ Mission to reduce road accidents in Keralam; State-level launch on November 15The Hindu