क्षतिग्रस्त विपी राजमार्गमा जाइकाले सुरू गर्यो पुनर्निर्माण
Read the full story at Setopati
-1794013239.jpg&w=1920&q=70)
प्राकृतिक विपदबाट क्षतिग्रस्त विपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माणको काम सुरु गरेको छ। यस्तै, पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा पुनिःनिर्माणको काममा हालसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको बताए। उनका अनुसार डालाबेँशीदेखि चारसयबेँशीसम्म (८.५ किमी) पुनःनिर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ को जेठ अन्त्यसम्म निर्माणको काम सम्पन्न गर्ने जनाएको छ।
यस्तै चारसयबेँशीदेखि भकुण्डेबँशीसम्म (११.८ किमी) सडक लामा–नवकान्तिपुर जेभीले आगामी ०८४ असार १७ गतेभित्र काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको योगशेको भनाइ छ। यसैगरि पिप्लेदेखि डालोबेँशी (२.३ किमी) सडकखण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीको २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ। ‘विपी राजमार्ग पुनःनिर्माणको काम लक्ष्य अनुरुप नै भइरहेको छ,’ उनले भने।
विसं २०८१ असोज दोस्रो साता रोशी खोलाको बाढीका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक नमोबुद्धस्थित दाप्चाखोला १ नं पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किमी सडक पूर्णरूपमा क्षति भएको थियो। उनका अनुसार चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेको र डाइभर्सन गरिएको छ। डालाबेँसी–पिप्ले खण्डमा पनि त्यस्तै व्यवस्था गरिएको छ।
More politics
- फेरि आयो अमिताभ बच्चनको बंगला बमले उडाउने धम्की, मुम्बईमा ‘अलर्ट’ जारीNepal Khabar
- न्यायाधीश कार्यकारी नेतृत्वसँग भेट्न जाने कुराले न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठ्छ: वर्षमानNepal Khabar
- नयाँ दिल्लीबाट शाह र मोदीले गर्दैछन् यी चार आयोजना उद्घाटन, रोकियो अरुण तेस्रोNepal Khabar
- अन्तर्राष्ट्रिय दूरसञ्चार संघको महासम्मेलनमा सहभागी हुन सञ्चारमन्त्री तिमिल्सिना कतार जाँदैNepal Khabar
- बेलायतका राजकुमार ह्यारीकी श्रीमती मेघन मार्कलका बुबा अमेरिकामा गिरफ्तारNepal Khabar
- डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशनNepal Khabar