Skip to main content
खेलकुदNagarik News

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

Read the full story at Nagarik News

आइपिएलमा ठूलो खेलाडी ट्रेड, हार्दिक पञ्जाब र अर्शदीप मुम्बईमा

इन्डियन प्रिमियर लिग (आइपिएल) को २०२७ सिजनअघि दुई ठूला फ्रेन्चाइज बीच महत्वपूर्ण खेलाडी साटफेर भएको छ । मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्या पञ्जाब किङ्समा जाने भएका छन् भने पञ्जाबका प्रमुख तीव्र गतिका बलर अर्शदीप सिंह मुम्बई इन्डियन्समा आबद्ध हुने भएका छन् । आइपिएल २०२७ अघि भएको यस चर्चित ट्रेडले दुवै टोलीको संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउने देखिएको छ । भारतीय क्रिकेट टोलीका अलराउन्डर पाण्ड्या १८ करोड भारुमा पञ्जाब जानेछन् । यसअघि उनले मुम्बईबाट १६ करोड ३५ लाख भारु पारिश्रमिक पाउँदै आएका थिए ।

अर्शदीप भने आफ्नो पुरानै १८ करोड भारु पारिश्रमिकमा मुम्बई जानेछन् । पाण्ड्याको मुम्बईसँगको दोस्रो यात्रा यससँगै समाप्त हुनेछ । उनले सन् २०१५ मा मुम्बईबाटै आइपिएल करियर सुरु गरेका थिए । मुम्बईमा रहँदा उनले २०१५, २०१७, २०१९ र २०२० मा गरी चार पटक आईपीएल उपाधि जितेका थिए । मुम्बईमा सात सिजन बिताएपछि पाण्ड्या सन् २०२२ मा गुजरात टाइटन्स पुगेका थिए ।

कप्तानको जिम्मेवारी पाएका उनले पहिलो सिजनमै गुजरातलाई उपाधि दिलाएका थिए । गुजरात सन् २०२३ मा पनि फाइनल पुगेको थियो । सन् २०२४ मा पुनः मुम्बई फर्किएका पाण्ड्याले कप्तानी सम्हालेका थिए । उनले आइपिएलका १६२ खेलमा २ हजार ९ सय ५५ रन बनाउनुका साथै ८२ विकेट लिएका छन् । उनको स्ट्राइक रेट १४६.२८ रहेको छ ।