Skip to main content
समाजOnlinekhabar (Nepali)

रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

रौतहटमा स्रोत नखुलेको ४४ लाख रकम भेटियो, दुई जना पक्राउ

रौतहटको इशनाथ नगरपालिका–४ महुलियास्थित काली मन्दिर नजिक भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले ३० लाख रुपैयाँ बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बुधबार दिउँसो करिब साढे ३ बजे प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल रोकेर जाँच गर्ने क्रममा उक्त रकम भेटिएको हो ।

जैसवाललाई नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गर्दा उक्त रकम गौर नगरपालिका–१ स्थित न्यू तराई ट्रेडर्सका सञ्चालक ५१ वर्षीय शेख कमरुललाई दिनका लागि ल्याएको खुलेको प्रहरीले जनाएको छ । त्यसपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले न्यू तराई ट्रेडर्समा खानतलासी गर्दा थप १४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको थियो ।

त्यसपछि प्रहरीले पसल सञ्चालक शेख कमरुललाई समेत नियन्त्रणमा लिएको छ । यसरी दुवै स्थानबाट कुल ४४ लाख ६४ हजार ६०५ रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।