Skip to main content
स्वास्थ्यOnlinekhabar (Nepali)

बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ?

Read the full story at Onlinekhabar (Nepali)

बिहान उठ्दा मुखमा तितो स्वाद आउनु कुनै स्वास्थ्य समस्या हो ?

के तपाईंलाई कहिलेकाहीँ बिहान उठ्ने ब्युँझिनेबित्तिकै मुखमा तितो स्वाद महसुस हुन्छ ? धेरैजसो मानिसले यसलाई सामान्य ठानेर बेवास्ता गर्छन् । मुख फोहोर भएको ठान्छन् र ब्रस गरेपछि आफैँ ठीक हुन्छ भनी सोच्ने गर्छन् । तर, हरेक बिहान उठ्दा मुखमा तितोपन महसुस हुन्छ भने त्यसका पछाडि विभिन्न कारण हुन सक्छन्। राति सुत्दा मुखमा र्‍याल उत्पादन कम हुन्छ । यसबाहेक, एसिड रिफ्लक्स, मुखको सरसफाइमा कमी र केही औषधिको सेवनका कारण पनि मुखको स्वाद परिवर्तन हुन सक्छ ।

एक अनुसन्धानले बिहान उठ्दा मुख तितो हुनुका कारणको खुलासा गरेको छ । ‘पबमेड’ मा प्रकाशित यस अनुसन्धानले शरीरमा हुने कस्ता परिवर्तनले यस्तो समस्या निम्त्याउन भन्ने जानकारी पनि दिएको छ । मुखमा तितो स्वाद आउनुको एउटा कारण एसिड रिफ्लक्स वा ग्यास्ट्रोइसोफेगल रिफ्लक्स डिजिज हुन सक्छ । कहिलेकाहीँ पेटमा रहेको एसिड भोजन नली हुँदै माथितिर आउँछ । यसले गर्दा मुखमा तितो वा अमिलो स्वाद महसुस हुन सक्छ। दाँत र जिब्रो राम्रोसँग सफा नगर्दा मुखमा ब्याक्टेरिया तीव्र गतिमा बढ्न सक्छन् ।

यसले मुख गन्हाउने मात्र नभई तितो स्वादसमेत उत्पन्न गर्न सक्छ । त्यसैले दाँतको राम्रोसँग सफाइ गर्नुपर्छ । कहिलेकाहीँ राति खाएको खानेकुराका कण दाँतमा अड्किएर बस्दा कुहिन सक्छन् । त्यसैले राति सुत्नुअघि अनिवार्य रूपमा ब्रस गर्नुपर्छ। बिहान उठ्दा मुख तितो हुनुको अर्को कारण मुख सुक्नु पनि हो ।