‘पिलो टक’ : रातको अन्तरङ्ग संवाद जसले सम्बन्धमा थप्छ नयाँ न्यानोपन
Read the full story at Ratopati

रातको शान्त वातावरणमा सुत्नुअघि वा शारीरिक अन्तरंगतापछि हुने भलाकुसारीलाई मनोविज्ञानमा ‘पिलो टक’ भनिन्छ। तर, रातको यो संवादले प्रेम र भरोसा मात्रै बढाउँछ वा यसको पछाडि जासुसी तथा गोप्य कुरा ओकल्ने कुनै पाटो पनि लुकेको छ? प्रायः दिनभरको दौडधुपका कारण जोडीहरूले एकअर्कालाई पर्याप्त समय दिन भ्याउँदैनन्। यद्यपि, रातको समयले सम्बन्धमा नयाँ मोड ल्याउने गर्छ: ‘जर्नल अफ सोसल एन्ड पर्सनल रिलेसनसिप्स’ र अक्सफोर्ड विश्वविद्यालयको सम्बन्धसम्बन्धी अनुसन्धानअनुसार शारीरिक निकटता वा सुरक्षित वातावरणमा अङ्गालो हाल्दै कुराकानी गर्दा शरीरमा ‘अक्सिटोसिन’ नामक हर्मोन उत्सर्जन हुन्छ।
यो हर्मोनले आपसी विश्वास, अपनत्व र गहिरो भावनात्मक सामीप्य बढाउँछ। अर्कोतर्फ, रातको अँध्यारो र शान्त वातावरणले यस्तो ‘सुरक्षित दायरा’ निर्माण गर्छ, जहाँ मानिस आफ्नो सङ्कोच, डर र सपनाहरू खुलेर बाँड्न सक्छ। अरूका सामु आफ्ना कमजोरीहरू उजागर गर्दा सम्बन्ध अझ बलियो बन्ने मनोविज्ञानको मान्यता छ। ‘पिलो टक’ केवल रोमान्टिक सम्बन्धको पाटो मात्र होइन, यसका केही रहस्यमयी र थ्रिलर सन्दर्भहरू पनि छन्।
पछिल्लो समय एनभिडियाका सिइओ जेन्सन हुआङको चिनियाँ महिलासँगको सम्बन्धसम्बन्धी चर्चा विश्वभर प्रमुख समाचार बनेको छ। यो खबरले ‘पिलो टक’ लाई जासुसीसँग जोडेर हेर्ने बनाएको छ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post