शरीरलाई दैनिक कति प्रोटिन चाहिन्छ ?
Read the full story at Ratopati

शरीरमा प्रोटिनको कमी देखिएमा खानपानमा केही विशेष खानेकुरा समावेश गर्न सकिन्छ। यस्ता खानेकुरामा प्रोटिनको प्रचुर मात्रा पाइन्छ, जसले शरीरमा प्रोटिनको कमी हटाउनुका साथै आवश्यक मात्रा पनि बढाउँछ। डाइटिसियनका अनुसार शरीरका लागि प्रोटिन अपरिहार्य पोषक तत्त्व हो। नङ, कपाल वा हाम्रा जीवित कोषहरू सबै प्रोटिनबाटै बनेका हुन्छन्। त्यसैले दैनिक भोजनमा प्रोटिन हुनु अत्यन्तै आवश्यक छ। तर, हाम्रो परम्परागत खानपानमा प्रोटिनको मात्रा कतै न कतै कम भइरहेको हुन्छ।
मानिसहरू प्रायः एक कचौरा दालसँग दुई वा तीनवटा रोटी खाने गर्छन्। खानामा भातको मात्रा बढी लिने गरिन्छ भने दाल, राजमाजस्ता कुराहरूको मात्रा कम हुने गर्छ। सामान्य वयस्क व्यक्तिलाई दैनिक ६० देखि ६५ ग्राम प्रोटिन आवश्यक पर्छ। यस्तै, १४ वर्षमुनिका बढ्दो उमेरका बालबालिकालाई पनि पर्याप्त प्रोटिनको खाँचो हुन्छ। ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक वा गर्भवती महिलाहरूको हकमा प्रोटिनको आवश्यकता झनै बढ्छ। यो अवस्थामा दैनिक प्रोटिनको माग ६०–६५ ग्रामबाट बढेर ७० देखि ७५ ग्रामसम्म पुग्ने गर्छ।
मांसाहारी व्यक्तिका लागि दैनिक अण्डा खानु लाभदायक हुन्छ। अण्डा उसिनेर, तरकारी बनाएर वा अम्लेटको रूपमा खान सकिन्छ। सातामा दुईदेखि तीन दिन मांसाहार गर्नेहरूले कुखुराको मासु, माछा वा कहिलेकाहीँ खसीको मासु लिन सक्छन्। यी खानेकुरा डाइटमा समावेश गर्दा प्रोटिनको मात्रा सहजै बढ्छ।
More politics
- Land classification delays force government to amend regulations for fourth timeKathmandu Post
- Makawanpur crash kills 14, casts shadow over Chhath preparationsKathmandu Post
- Nepali negotiators at COP31 cling to hope for mountain agendaKathmandu Post
- Why teams are preferring to bat first at NPLKathmandu Post
- Kathmandu airport unable to collect Rs1.5 billion from 42 entitiesKathmandu Post
- Nepali workers make a living on Kedarnath’s 22-kilometre trailKathmandu Post