Skip to main content
समाजRatopati

प्रहरीमा एउटा एआईजी पद रिक्त, डीआईजीको दुई वटा दरबन्दी रिक्त हुँदै

Read the full story at Ratopati

प्रहरीमा एउटा एआईजी पद रिक्त, डीआईजीको दुई वटा दरबन्दी रिक्त हुँदै

कार्कीलाई मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको ‘ विशेष सुरक्षा सल्लाहकार ’ पद सिर्जना गरेको थियो । कार्कीका लागी सिर्जना गरिएको सो पद प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहन्छ । कार्कीको ठाउँमा सरकारले डा. मनोज केसी लाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गरेको छ । डा. केसी आईजीपी भएसँगै प्रहरीको अपराध अनुसन्धान विभाग एआईजीबिहीन भएको हो ।

३४ औँ आईजीपीमा नियुक्त हुनुअघि डा. केसी अपराध अनुसन्धान विभागमा कार्यरत थिए । बढुवा समितिको सिफारिसमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को बढुवा मन्त्रिपरिषद्ले गर्ने कानुनी व्यवस्था छ । एआईजी बढुवामा डीआईजीहरु राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोविन्द्र थपलिया र दिपेन्द्र घर्ती क्षेत्री प्रतिस्पर्धी हुन् । डीआईजीहरु सुदर्शन प्रसाद कोइराला, दीपक कुमार बस्नेत र जयराज सापकोटा पनि बढुवा हुन योग्य छन्। तर, मेरिट सूचीमा अगाडि रहेकाहरू मध्येबाट एक जना एआईजी बढुवा हुनसक्ने सम्भावना रहेको जानकारहरू बताउँछन् ।

प्रहरीमा मंसिरमा दुई वटा डीआईजीको दरबन्दी रिक्त हुँदै छ । एआईजी बढुवा भएपछि एक जना र विशेष ब्यूरोका डीआईजी विनोद घिमिरेको अवकाशसँगै अर्को एउटा पद रिक्त हुन लागेको हो । डीआईजी विनोद घिमिरे यही मंसिर २३ मा अवकाशमा जाँदै छन् । राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा आएका घिमिरे २०५४ माघ २८ मा सेवा प्रवेश गरेका हुन् ।