Skip to main content
समाजOnlinekhabar (Nepali)

बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ

Read the full story at Onlinekhabar (Nepali)

बसमा यात्रारत युवतीमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल, तीन जना पक्राउ

काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । १९ कात्तिक, धनगढी । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसभित्र महिला यात्रुमाथि दुर्व्यवहार गरेको भिडियो भाइरल भएपछि कञ्चनपुर प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र भीमदत्त नगरपालिका–३ तिलकेनीका जीवन बम रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार १७ कात्तिकमा काठमाडौंबाट महेन्द्रनगर आउने क्रममा आफूमाथि दुर्व्यवहार गरेको भन्दै कञ्चनपुरकी एक युवतीले निवेदन दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीकाअनुसार महाकाली यातायातको सुुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चासो बढेको थियो ।

भिडियो सार्वजनिक हुनुअघि सोही राति बसमा सवार यात्रुहरूले वडा प्रहरी कार्यालय बुटवलको जिम्मा लगाएका थिए । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी निशान्त श्रीवास्तवका अनुसार महिलामाथि दुव्र्यवहार भएको सूचना पाएपछि वडा प्रहरी कार्यालयको टोलीले मध्यरातमा बुटवल चौराहबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।