खोटाङमा रेबिजले एक महिलाको मृ*त्यु
Read the full story at Onlinekhabar (Nepali)

खोटाङ, १८ कात्तिक । खोटाङमा रेबिजको कारण एक महिलाको मृत्यु भएको छ । रेबिजको संक्रमणका कारण दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराका ५९ वर्षीय कृष्णमायाँ थापाको ज्यान गएको हो । तीन महिनाअघि बिरालोले खुट्टामा टोकेका थापाको कात्तिक १८ गते मृत्यु भएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतले बताए । कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका एचए रमेश यादवले चेकजाँज गर्दा रेबिज लागेको आशंकामा बिरामीलाई अस्पताल रेफर गरिएको थियो ।
आफन्तले बिरामीलाई तत्काल बिराटनगरस्थित बिराट टिचिङ अस्पतालमा पुर्याएका थिए । रेबिज लागेको पूष्टि भएपछि बिराट टिचिङले नोबेल मेडिकल कलेजमा रेफर गरेको थियो तर नोबेल मेडिकल कलेजले उपचार सम्भव नहुने भन्दै भर्ना गर्न अस्वीकार गरेको थियो । त्यसपछि घर फर्काउने क्रममा बिरामीको मृत्यु भएको प्रवक्ता बस्नेतले बताए । थापाले तीन महिनाअघि रातको समयमा बिरालोले खुट्टामा कोतरेको बताएकी थिइन् । यसैबीच, रेबिज संक्रमितलाई अस्पताल पठाउनेक्रममा खटिएका तथा छोएका २८ स्थानीयलाई रेबिज बिरुद्धको खोप लगाइएको छ ।
बिरामीको सम्पर्कमा पुगेका स्थानीयलाई कात्तिक १८ गते आधारभूत अस्पताल ओख्रेबाट रेबिज बिरुद्धको खोप दिइएको हो । दोस्रो डोजका लागि भने आधारभुत अस्पतालमा खोपको अभाव भएको छ । खोप व्यवस्थापनका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय सुरु गरिसकेको प्रवक्ता बस्नेतले बताए ।
More society
- Police chief removed after falling out with PM’s officeKathmandu Post
- Nearly 10 million Nepali children exposed to unhealthy air, UNICEF warnsKathmandu Post
- बहुप्रतीक्षित भारतीय फिल्म ‘रामायण’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शनNepal Khabar
- खाद्य कम्पनीले थापाथलीमा तिहार विशेष रैथाने मेला गर्दै, स्वदेशी उत्पादनलाई प्राथमिकताBizmandu
- Outgoing IGP Karki goes to Supreme Court with writ petitionOnlinekhabar English
- के २०८५ को तिहारमा लक्ष्मी पूजाको एक महिनापछि भाइटीका पर्ने हो ?Onlinekhabar (Nepali)