सर्वोच्चको न्यायाधीशमा प्रस्तावित डाँगी भन्छन्– हामी गिरेकै छैनौँ भन्ने होइन
Read the full story at Onlinekhabar (Nepali)

२१ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीले न्यायपालिकाप्रति जनताको विश्वास कमजोर भएको र न्याय मरेको अनुभूति आफूहरूलाई पनि हुने गरेको स्वीकार गरेका छन् । संसदीय सुनुवाइका क्रममा कांग्रेस सांसद आनन्दप्रसाद ढुंगानाले ‘हिजोका न्यायाधीशहरूले राजाका निर्णयसमेत काट्न सक्थे, आजका न्यायाधीशहरू त्यो अवस्थामा छैनन्’ भन्दै न्यायिक स्वतन्त्रतामाथि प्रश्न उठाएका थिए । जवाफमा डाँगीले न्यायाधीशले संविधान र कानुनको सीमाभित्र रहेर इन्साफ गर्नुपर्ने आफ्नो दृढ संकल्प रहेको बताए ।
‘न्याय मरेको अनुभूति वास्तवमा हो, कता–कता हामीलाई पनि लाग्छ । जनताले साँच्चै न्याय पायो कि पाएन, न्याय ढिला भयो कि भएन, सेवा गर्नेले साँच्चै सेवा गरिरहेको छ कि छैन भन्ने कुरामा हामी सचेत हुन जरुरी छ,’ उनले भने । सर्वोच्च अदालतका न्यायाधीश नै नभए भोलि न्यायपालिकाको अवस्था के होला भन्ने चिन्ता रहेको उल्लेख गर्दै उनले आफ्नो बल, विवेक र बुद्धिले भ्याएसम्म न्यायिक सुधारका लागि काम गर्ने प्रतिबद्धता जनाए । ढुंगानाले न्यायाधीश र बिचौलियाबीच सम्पर्क हुने गरेको सार्वजनिक चर्चाबारे पनि प्रश्न गरेका थिए ।
त्यसको जवाफमा डाँगीले अदालतमा भ्रष्टाचार र बिचौलियाको विषय उठ्नु दुर्भाग्यपूर्ण भएको बताए । ‘अदालतमा भ्रष्टाचारको कुरा, बिचौलियाको कुरा वास्तवमा दुर्भाग्यको कुरा हो । यो चिन्ताजनक स्थिति आउनु हुँदैन ।
More politics
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post