Skip to main content
प्रविधिRatopati

डिजिटल रूपान्तरणका लागि प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

Read the full story at Ratopati

डिजिटल रूपान्तरणका लागि प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सूचना प्रविधि, दूरसञ्चार र डिजिटल रूपान्तरणका क्षेत्रमा नेपालले प्रविधिमा अग्रणी देशहरूसँग सहकार्य र साझेदारी विस्तार गर्नुपर्ने बताएका छन्।

अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को प्लेनिपोटेन्सियरी सम्मेलन सम्पन्न गरी शुक्रबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले तीव्र प्रविधि विकाससँगै दूरसञ्चार र सूचना प्रविधिको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् । विभिन्न कारणले प्रविधिमा नागरिकको पहुँच खुम्चिँदै गएको उल्लेख गर्दै उनले यसको विस्तारका निम्ति सम्मेलनका क्रममा विभिन्न देशसँग द्विपक्षीय छलफल भएको जानकारी दिए। सम्मेलनमा नेपालले विशेषगरी उत्थानशीलता, उदीयमान प्रविधि र डिजिटल विभेद न्यूनीकरणका विषयलाई प्राथमिकताका साथ उठाएको मन्त्री तिमिल्सिनाले जानकारी दिए।

बाढी, पहिरो र भूकम्पजस्ता प्राकृतिक विपद्का समयमा सञ्चार सेवाको महत्त्व अझ बढ्ने भएकाले सञ्चार प्रणालीलाई विपद् प्रतिरोधी बनाई निरन्तर सञ्चालन हुने व्यवस्था गर्नुपर्ने विषयमा नेपालले आफ्नो धारणा राखेको उनले स्पष्ट पारे। करिब ५० जना मन्त्री तथा प्रतिनिधिमण्डल प्रमुख सहभागी उच्चस्तरीय छलफलमा नेपालले तीन मिनेटको नीतिगत धारणा प्रस्तुत गर्ने अवसर पाएको थियो।