Skip to main content
विश्वOnlinekhabar (Nepali)

अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

Read the full story at Onlinekhabar (Nepali)

अमेरिकी युद्धपोत ‘थियोडोर रुजवेल्ट’ अर्को साताअघि मध्यपूर्व नपुग्ने

अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । अमेरिकी नौसेनाको विमानवाहक युद्धपोत यूएसएस थियोडोर रुजवेल्ट नेतृत्वको स्ट्राइक ग्रुप नोभेम्बरको मध्यअघि मध्यपूर्व नपुग्ने भएको छ । अमेरिकी एक अधिकारीले अलजजिरालाई दिएको जानकारीअनुसार उक्त युद्धपोत हाल मध्यपूर्व क्षेत्रमा रहेको यूएसएस जर्ज वासिङ्टनको स्थान लिन त्यहाँ पठाउन लागिएको हो ।

यसैबीच, अमेरिकाको १३औँ मरिन एक्सपिडिसनरी युनिट र यसको माकिन आइल्यान्ड एम्फिबियस रेडी ग्रुप पनि यसै महिनाको अन्त्यतिर मध्यपूर्व पुग्ने अपेक्षा गरिएको छ । १३औँ मरिन एक्सपिडिसनरी युनिट समुद्र र स्थल दुवै क्षेत्रमा सैन्य कारबाही सञ्चालन गर्न सक्षम छ । यसमा २ हजार २०० भन्दा बढी मरिन सैनिक तथा नौसैनिक छन् ।

उनीहरूलाई स्थल, हवाई र सैन्य रसदसम्बन्धी युद्धक एकाइमा विभाजन गरिएको छ । यस सैन्य एकाइले आकस्मिक सैन्य आक्रमण गर्ने, समुद्री आवागमन रोक्ने तथा पानीजहाजमा चढेर खानतलासी गर्ने र नियन्त्रणमा लिने क्षमता राख्छ ।