Skip to main content
राजनीतिOnlinekhabar (Nepali)2 outlets covering

नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ?

Read the full story at Onlinekhabar (Nepali)

नेकपा एमाले मधेश सरकारमा फर्किन लागेको हो ?

१८ कात्तिक, जनकपुरधाम । मधेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिनुपर्ने समय अब १० दिन मात्र बाँकी छ । नेपाली कांग्रेस नेतृत्वको मधेश सरकार अहिलेसम्म अल्पमतमा छ । यद्यपि, मुख्यमन्त्री यादव आफ्नै नेतृत्वको सरकार टिकाउने कसरतमा जुटिरहेका छन् । एमालेले साथ छाडेपछि मुख्यमन्त्री यादवलाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले काँध थापिरहेको छ ।

गत असोज ३० गते नेकपा एमाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । जसका कारण यादव नेतृत्वको सरकार अल्पमतमा परेको थियो भने त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यता मुख्यमन्त्री यादवलाई छ । मधेश सरकारबारे विभिन्न दलका केन्द्रीय नेतृत्व तहमा छलफल भइरहेको छ । उनीहरूबीच नयाँ समीकरण बनाउने विषयमा छलफल भइरहेको छ । खासगरी, जनता समाजवादी पार्टी नेपाल (जसपा) आफ्नो नेतृत्वमा सरकार बनाउने प्रयासमा छ ।

जसका लागि एमालेले समर्थन फिर्ता लिएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटघाट भएको थियो । त्यतिबेला एमाले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन सकारात्मक थियो । तर, जनमत पार्टीले जसपा नेतृत्वमै सरकार भए पनि एमाले र कांग्रेस बाहेकको सरकार बनाउन चाहेको राजनीतिक वृत्तमा चर्चा छ । यसले एमाले प्रतिपक्षमा पुग्ने खतरा बढ्दा फेरि वर्तमान सरकारमा नै फर्किने गरी विभिन्न चरणमा संवाद जारी छ ।