Skip to main content
समाजBizmandu

इनमले सुनेको आधारमा दिएको ‘बयान’मा टेकेर कांग्रेस सभापति थापालाई पक्राउ गर्न मिल्छ?

Read the full story at Bizmandu

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक तहका व्यक्तिहरू पक्राउ परे। पूर्वमन्त्रीद्वय बालकृष्ण खाँण तथा टोपबहादुर रायमाझीसम्म पक्राउ प्रकरणमा शरणार्थी बनाएर लैजाने प्रमुख गिरोहले दिएको बयान र बैंकिङ कारोबारको आधार हेरिएको थियो। त्यो बेलामा आरोपीले संवैधानिक निकायका प्रमुखसम्मलाई पोलेका थिए। तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाकार इन्द्रजित राईले बयानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईको नाम नै जोडेर रकम लिएको आरोप लगाएका थिए।

तर, अनुसन्धान गर्दै जाँदा राईको संलग्नता पुष्टि भएको छैन। बयानकै आधारमा उनलाई पक्राउ गरिएन। ‘मनी ट्रेल भएन। त्यतिखेर अरू कारण हेर्दा देखिएन,’ तत्कालीन अनुसन्धानमा खटिएका एक उच्च प्रहरीले सुनाए। अहिले सम्पत्ति शुद्धीकरणको हिरासतमा रहेका इनम सापकोटाको कनेक्सन उच्च तहका प्रहरी अधिकृत, राजनीतिज्ञदेखि न्याय क्षेत्रका मानिससँग देखिएको छ।

इनमको बयान भन्दै बाहिरिएको अडियोमा धेरैलाई पोलेका छन्। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सभापति गगन थापालाई समेत पार्टीको वैधानिकताको मुद्दा मिलाउन १८ करोड रुपैयाँ लिएको बयान इनमले दिएका छन्। तर, बाहिरिएको अडियोमा १८ करोड रुपैयाँ लिएर पार्टीको वैधानिकता गगनलाई दिएको पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कुराकानीमा सुनेको बताएका छन्। पहिलो त्यो अडियोमै प्रश्न छ।