‘पहिले न्यायाधीशहरूले राजाका कुरा पनि काट्न सक्थे, अहिले त्यो अवस्थामा छैन, किन ?’
Read the full story at Onlinekhabar (Nepali)

न्यायाधीशहरू होटलमा गएर बिचौलियासँग चिया खाने गरेको चर्चा सुनिने गरेको उल्लेख गर्दै यस्तो प्रवृत्तिले सर्वोच्च अदालतप्रतिको जनविश्वासमा असर पार्ने संसदीय सुनुवाइका क्रममा सांसदहरूले बताएका छन् । २१ कात्तिक, काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतप्रति जनताको विश्वास घटेको, न्यायाधीश र विचौलियाबीच सम्पर्क हुने गरेको तथा पुराना मुद्दा पुस्तान्तरण भइरहेको विषय उठेको छ । नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश गोकर्ण डाँगीसमक्ष न्यायपालिकाको स्वतन्त्रताको बर्तमान अवस्थाबारे आफ्नो बुझाइ राखे ।
यसक्रममा विगतमा न्यायाधीशहरूले राजाका निर्णयसमेत काट्न सक्ने अवस्था रहेको स्मरण गराउँदै अहिले त्यस्तो साहस र अवस्था देखिन छाडेको टिप्पणी गरे । न्यायालयप्रति सर्वसाधारणको विश्वास कमजोर हुँदै गएको उल्लेख गर्दै उनले सर्वोच्च अदालतमा पुगेपछि न्याय पाइन्छ भन्ने जनविश्वास कायम राख्नुपर्ने बताए । ‘हिजोका न्यायाधीशहरूले न्याय दिनका लागि राजाले गरेका कुरा पनि काट्न सक्थे। आजका न्यायाधीशहरू त्यो गर्ने अवस्थामा छैनन्, म यो देखिरहेको छु,’ उनले भने ।
प्रस्तावित न्यायाधीश डाँगीले सर्वोच्च अदालतमा प्रवेश गरेपछि त्यस्तो भूमिका निर्वाह गर्न सक्ने कि नसक्ने भन्ने उनको प्रश्न छ । ढुंगानाले न्यायाधीश र बिचौलियाबीच सम्पर्क तथा भेटघाट हुने गरेको विषय पनि उठाए ।
More politics
- Dr KC ends hunger strike after government agrees to probe Geta MBBS approvalKathmandu Post
- Pokhara Avengers’ losing streak continues in NPLKathmandu Post
- The David Miller show at TU GroundKathmandu Post
- Falling temperatures and polluted air drive up respiratory illnesses in ValleyKathmandu Post
- RSP chief questions government conduct as tensions mountKathmandu Post
- UN expert urges Nepal to revive stalled transitional justice processKathmandu Post