Skip to main content
स्वास्थ्यSetopati

विश्व मधुमेह दिवसमा अल्का अस्पतालको जनचेतनामूलक र्‍याली

Read the full story at Setopati

विश्व मधुमेह दिवसमा अल्का अस्पतालको जनचेतनामूलक र्‍याली

विश्व मधुमेह दिवस (नोभेम्बर १४) को अवसरमा जावलाखेलस्थित अल्का अस्पतालले मधुमेह रोगसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले बृहत् र्‍याली आयोजना गरेको छ। विभिन्न जनचेतनामूलक ब्यानर तथा प्लेकार्ड बोकेका सहभागीहरूले मधुमेह रोगबाट बच्ने उपाय, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली अपनाउनुपर्ने सन्देश दिएका थिए। र्‍याली पुनः पुल्चोकस्थित अल्का अस्पतालमा पुगेर समापन भएको थियो। र्‍यालीमार्फत मधुमेह रोगबारे सही जानकारी आम नागरिकसम्म पुर्‍याउने, रोग लाग्नुअघि नै सचेत हुने र रोग लागिसकेपछि पनि उचित सावधानी अपनाउन प्रेरित गर्ने सन्देश प्रवाह गरिएको थियो।

यस वर्ष दिवसको अन्तर्राष्ट्रिय नारा मधुमेहविरुद्ध प्रारम्भिक कदम रहेको छ। यसले मधुमेहको समयमै पहिचान, जोखिम न्यूनीकरण र प्रभावकारी उपचारको महत्त्वलाई जोड दिएको छ। मधुमेह (डायबिटिज) शरीरमा रगतमा चिनी (ग्लुकोज) को मात्रा सामान्यभन्दा बढी हुने दीर्घकालीन रोग हो। शरीरले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्दा वा उत्पादन भएको इन्सुलिन प्रभावकारी रूपमा प्रयोग गर्न नसक्दा यो समस्या देखिन्छ।

मधुमेहका प्रमुख लक्षणमा अत्यधिक तिर्खा लाग्नु, पटकपटक पिसाब लाग्नु, अस्वाभाविक रूपमा तौल घट्नु, थकान महसुस हुनु र आँखाले धमिलो देख्नु पर्छन्। विशेषगरी टाइप–२ मधुमेह लामो समयसम्म स्पष्ट लक्षण नदेखिई पनि रहन सक्छ। त्यसैले नियमित स्वास्थ्य परीक्षण आवश्यक हुन्छ।