समाजले सिक्न बाँकी शोक र वियोगको भाषा
Read the full story at Onlinekhabar (Nepali)

शोक सबैले एउटै तरिकाले अनुभव गर्दैनन् । कोही खुलेर रुन्छन्, कोही मौन रहन्छन् । कोही अरूको साथ खोज्छन् त कोही एकान्त रोज्छन् । सहज रूपले दैनिक जिम्मेवारी पूरा गरिरहेका व्यक्तिसमेत भित्रभित्रै गहिरो पीडाबाट गुज्रिरहेका हुन सक्छन् । मानिस सामाजिक प्राणी भएकाले समाजका घटना-परिघटनाले उसलाई प्रत्यक्ष असर पारिरहेको हुन्छ । ऊ चाहेर वा नचाहेर पनि त्यसबाट भाग्न सक्दैन । जस्तोसुकै प्रिय-अप्रिय परिवेश र घटना आइपरे पनि सहनुको विकल्प हुँदैन ।
शारीरिक रूपले जति बिर्सन चाहे पनि मानसिक रूपले ती घटना-परिघटनाबाट जकडिएको हुन्छ । चेतन वा अवचेतन मनले उसलाई नजानिँदो तरिकाले हिर्काइरहेको हुन्छ । नेपाली समाज अत्यन्त द्रवीभूत हुने समाज हो । खुसीमा हास्न नसके पनि, इर्ष्या गरे पनि पीडाको क्षणमा मानवीय समवेदना प्रकट गर्ने प्रयास गर्छ । पीडामा एकाकार हुन खोज्छ । ढाडस दिन अग्रसर हुन्छ । तर जानी-नजानी हामी अरूका पीडा र समवेदनालाई आफ्नै बुझाइमा विस्तार गरेर झन् पीडा थप्छौं ।
लामो अर्ति-उपदेश फलाक्न खोज्छौं । हामीले सबैभन्दा नबुझ्ने र बुझेको जस्तो गर्ने भनेको शोक र वियोगको भाषा हो । कसैले आफ्नो प्रियजन गुमाएको खबर सुनाउँदा हामीमध्ये धेरैको पहिलो प्रतिक्रिया हुन्छ- मलाई किन खबर नगरेको ?, पहिल्यै किन नभनेको ? वा मलाई किन नबोलाएको ? यी प्रश्नहरू माया, चिन्ता वा आफूलाई बेवास्ता गरिएको अनुभूतिबाट जन्मिएका हुन्छन् ।
More society
- आज धनतेरस पर्व मनाइँदैNepal Khabar
- Supreme Court to decide on ousted IG Karki’s writ petition todayKathmandu Post
- Malaysia ex-PM Najib Razak set for house arrest after party pays fine to leave jailKathmandu Post
- दैलेख एक महिनादेखि प्रमुख जिल्ला अधिकारीविहीनSetopati
- The scars of chainsaw attack inside Andhra school lingers onThe Hindu
- India's 'Maratha Military Landscapes' inscribed on UNESCO World Heritage ListThe Hindu