Skip to main content
राजनीतिOnlinekhabar (Nepali)

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

Read the full story at Onlinekhabar (Nepali)

रामायण : साई पल्लवीको एक्सन दृश्यप्रति आपत्ति

अभिनेता मुकेश खन्नाले फिल्म ‘रामायण’को कडा आलोचना गरेका छन् । आफ्नो युट्युब च्यानलमार्फत उनले फिल्मका निर्मातामाथि प्रश्न उठाएका छन् । उनले अभिनेत्री साई पल्लवीले निर्वाह गरेको सीताको भूमिकाबारे आपत्ति जनाएका छन् । यसका साथै अभिनेता अनुपम खेरको प्रतिक्रियामाथि पनि प्रश्न उठाएका छन् । अभिनेता मुकेश खन्ना सामाजिक सञ्जालमार्फत आफ्ना स्पष्ट विचार राख्ने गर्छन् । यसपटक उनले हालै प्रदर्शनमा आएको फिल्म ‘रामायण’बारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

विशेषगरी फिल्ममा साई पल्लवीले निर्वाह गरेको माता सीताको भूमिकालाई लिएर उनले असन्तुष्टि जनाएका छन् । मुकेश खन्नाले आफ्नो पछिल्लो भिडियोमा फिल्म ‘रामायण’का निर्माताको आलोचना गरेका छन् । उनले भनेका छन्, ‘वाल्मीकि रामायणमा माता सीतालाई योद्धाका रूपमा देखाइएको छैन । निर्माताले आफ्नो कल्पनाअनुसार फिल्म बनाएका छन् । दुःख लाग्छ, निर्माताहरू पैसा कमाउनकै लागि धार्मिक ग्रन्थसँग खेलवाड गरिरहेका छन् । मैले यो फिल्म हेरेको छैन ।

तर समीक्षा, दर्शकको प्रतिक्रिया, प्रचार सामग्री र केही दृश्यका आधारमा फिल्मबारे आफ्नो धारणा राखिरहेको छु । म १२०० रुपैयाँको टिकट काटेर यो फिल्म हेर्न चाहन्नँ । निर्मातालाई फिल्मको कमाइ दिन पनि चाहन्नँ । किनकि निर्माता नमित मल्होत्राले मानिसहरूको आस्थामाथि खेलवाड गरेका छन् ।