Skip to main content
समाजOnlinekhabar (Nepali)

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

Read the full story at Onlinekhabar (Nepali)

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

२१ कात्तिक, काठमाडौं । साहित्यकार मोतीशोभा श्रेष्ठद्वारा लिखित नेपाली, नेपाल भाषा र अङ्ग्रेजी भाषाका पाँच कृति आज एकैसाथ विमोचन गरिएको छ । पूर्वअर्थमन्त्री शङ्कर कोइराला, नेपाल सरकारका पूर्वमुख्यसचिव डा बिमल कोइराला तथा वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले संयुक्त रूपमा ती कृतिको विमोचन गरे ।

पूर्वसहसचिवसमेत रहनुभएकी श्रेष्ठका नेपाली भाषाका ‘सपनाको उडान’ कथासङ्ग्रह र ‘यात्राको वेगः अनुभूतिको संवेग’ नियात्रासङ्ग्रह, नेपाल भाषाका ‘रङ्गीचङ्गी स्वांनं छाय्पियातःगु क्यब’ र ‘तक्यंगु सुका’ तथा अङ्ग्रेजी भाषाको ‘मदर हु नेम्ड मी सत्य’ पुस्तक विमोचन गरिएको हो । पूर्वअर्थमन्त्री शङ्कर कोइरालाले नेपाली साहित्यको विकासमा श्रेष्ठको योगदान प्रशंसनीय रहेको बताए । उनले राष्ट्रसेवक कर्मचारीले अवकाशपछि पनि साहित्य सिर्जनामार्फत समाज र साहित्य क्षेत्रमा योगदान पुर्‍याउनु सकारात्मक भएको उल्लेख गरे ।

कार्यक्रममा पूर्वमुख्यसचिव डा कोइरालाले श्रेष्ठ निरन्तर सिर्जनामा सक्रिय साहित्यकार भएको उल्लेख गर्दै उहाँका कृतिमा विविध विधा र अनुभव समेटिएको बताए । ‘सपनाको उडान’ कथासङ्ग्रहमा कथासँगै निबन्धात्मक अनुभूति पनि समेटिएको उनको भनाइ थियो । वरिष्ठ साहित्यकार एवं पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’ले श्रेष्ठका पाँचवटै कृतिमा सरलता र इमानदारिता झल्किएको बताए ।